मुख्य समाचार
मुद्दा हारेसँगै अमेरिकामा टिकटकमाथि प्रतिबन्धको खतरा
मुद्दा हारेसँगै अमेरिकामा टिकटकमाथि प्रतिबन्धको खतरा

— अमेरिकामा चर्चित र विशेषत: युवाहरूमाझ अत्यधिक प्रयोग हुने चिनियाँ सामाजिक सञ्जाल टिकटकले आफूमाथिको सम्भावित प्रतिबन्ध वा बाध्यकारी बिक्री रोक्न दिएको कानुनी चुनौतीमा धक्का व्यहोरेको छ । अमेरिकाको कोलम्बिया जिल्ला संघीय अपिल अदालतले टिकटकविरुद्ध अमेरिकी सरकारले अघि सारेको कानुनी दबाबलाई सही ठहर गर्दै सोविरूद्द टिकटकले पेस गरेको चुनौतीलाई अस्वीकार गरेको छ ।



बाइडेन प्रशासनको सो निर्णय सन् २०२५ को सुरुमा लागू हुने तयारीमा छ । यसले अमेरिकाका झन्डै १७ करोड टिकटक प्रयोगकर्तालाई प्रत्यक्ष प्रभाव पार्नसक्नेछ । अदालतले अमेरिकी सरकारको उक्त निर्णयलाई राष्ट्रिय सुरक्षासँग जोडिएको जोखिम सम्बोधन गर्न ध्यानपूर्वक तयार पारिएको कदमको रूपमा व्याख्या गरेको छ ।


टिकटकले यो प्रतिबन्धबाट अमेरिकी नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रताको हकमा प्रतिकूल असर पार्ने तर्क गरे पनि अदालतले यसलाई दुई प्रमुख पार्टीका विधायकहरूबीच सहमतिमा भएको निर्णय भन्दै विदेशी प्रभाव र विशेषगरी चीनको सम्भावित सुरक्षा जोखिमबाट बच्न लिइएको उपायको रूपमा समर्थन गरेको हो ।

टिकटकले अदालतको यो निर्णयमा आफूले हार नमान्ने भन्दै यस मुद्दालाई अमेरिकाको सर्वोच्च अदालतमा लैजाने र अमेरिकी सरकारको निर्णयको थप प्रतिवाद गर्ने घोषणा गरेको छ । 'सर्वोच्च अदालतले अमेरिकी नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकलाई सधैं रक्षा गर्दै आएको छ र हामीलाई यो महत्त्वपूर्ण प्रश्नमा पनि त्यस्तै गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,' टिकटकका प्रवक्ताको भनाइ छ । उनले अमेरिकी प्रतिबन्ध भ्रामक र मनगढन्ते सूचनाका आधारमा आएको पनि दाबीसमेत गरेका छन् ।

अहिलेको अवस्थामा टिकटकमाथि प्रतिबन्ध भएको खण्डमा यसले सामाजिक सञ्जालको क्षेत्रमा गहिरो प्रभाव पार्नेछ भन्ने आशयसहित विश्लेषकहरूले बजारमा ठूलो उतारचढावको सम्भावना औंल्याएका छन् । सो प्रतिबन्धको निर्णय लागू हुँदा मेटा (फेसबुक, इन्स्टाग्राम) र स्न्यापच्याटसँगै नयाँ आएका अमेरिकी प्रतिस्पर्धीलाई भने प्रत्यक्ष फाइदा पुग्ने उनीहरूको तर्क छ । ईमार्केटरका विश्लेषक जास्मिन एनबर्गले यो प्रतिबन्धले कन्टेन्ट क्रिएटर र टिकटकमार्फत चल्ने गरेका साना तथा मझौला व्यवसायहरूलाई गम्भीर क्षति पुर्‍याउन सक्ने बीबीसीलाई बताएका छन् ।


यद्यपी, निकट भविष्यमै हुने आगामी राष्ट्रपति परिवर्तनले यो विषयमा नयाँ मोड ल्याउन सक्छ । पूर्वराष्ट्रपति तथा जनवरीबाट पुन: व्हाइट हाउस छिर्न लागेका डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमै टिकटकलाई प्रतिबन्धित गर्ने प्रयास गरेका थिए तर अदालतले रोकिदिएको थियो । पछिल्लो दिनमा भने उनले यो प्रतिबन्ध लागू नगर्ने संकेत दिएका छन् । तर, कर्नेल विश्वविद्यालयका प्राध्यापक जेम्स ग्रिमेलमनजस्ता जानकारहरूका अनुसार ट्रम्पले यस्तो कदम उठाएमा दुई प्रमुख पार्टीबाटै बलियो विरोधको सामना गर्नुपर्ने हुनसक्छ । उनी भन्छन्, 'अमेरिकामा चीन विरोधी भावना अत्यन्तै उच्च बन्दै गएको समयमा कतिपय क्षेत्र र राज्यहरू पनि टिकटकलाई आफ्नो क्षेत्रमा यतिसारो चल्तीमा रहेको मनपराइरहेका छैनन् ।'

टिकटक कनेटेन्ट क्रिएटर टिफनी सियान्सीले आफू शुक्रबारको निर्णयले चकित नभएको बताउँदै आफूजस्ता अन्य सर्जकलाई अन्य प्लाटफर्मतर्फ जान बाध्य पार्न नसक्ने दृढता सुनाएकी छिन् । त्यस्तै बजार विश्लेषक कोरी जोन्सनले टिकटकको जटिल एआई प्रणालीलाई अन्य प्लाटफर्मले सजिलै नक्कल गर्न नसकेको र कन्टेन्ट सर्जकहरूले झेल्नुपर्ने सेन्सरसीप र आफ्ना कन्टेन्ट प्रयोगकर्ताहरूमाथिको नियन्त्रणले धेरै अमेरिकी सर्जक टिकटकतर्फ सोझिएको बीबीसीलाई बताएका छन् ।


अमेरिकामा टिकटकको भविष्य के हुने भन्नेबारे अन्तिम निर्णय सर्वोच्च अदालतको आदेशबाट हुने भएको छ । प्रतिबन्ध वा अमेरिकी बजारको स्वामित्व बिक्री गर्न दिएको अल्टिमेटमअघि अमेरिकी संसदका समितीहरूले पनि टिकटकसम्बन्धी विषयहरूमा छानबिन र बयान लिने कार्य गरेका थिए ।

अमेरिकाको संघीय सरकार र कतिपय राज्य सरकारहरूले सरकारी डिभाइसमा प्रतिबन्ध लगाएको भएपनि झन्डै १७ करोड सक्रिय प्रयोगकर्तामार्फत टिकटकको अमेरिकी आम्दानी बढ्दो छ । सन् २०२४ मा झन्डै २५ प्रतिशतले बढेर टिकटकको स्वमित्व रहेको कम्पनी बाइटडान्सले लगभग ७ अर्ब आम्दानी गर्ने अनुमान गरिएको छ । यो आम्दानी सन् २०२५ मा लगभग १० अर्ब अमेरिकी डलर पुग्नसक्ने विश्लेषकहरूको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...