मुख्य समाचार
जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित
जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित

: नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेट, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि ८ विकेट र पोखरा एभेन्जर्सलाई ७ विकेटको जित निकालेको थियो।


अन्तिम ओभरमा ९ रन चाँहिदा पहिलो बलमा साद बिन जफरको विकेट गएको हो। दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे। त्यसपछि खेलमा फर्किएको लुम्बिनीले अन्तिम बलमा सन्दीप जोराको विकेट गुमाउँदै खेल पनि गुमायो।

सन्दीपले ८ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाउँदै अन्तिम बलमा किशोर महतोबाट क्याच आउट भए।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्रै बनायो।

लुम्बिनीले पावरप्लेमा १ विकेट गुमाउँदै ३७ रन बनाएको हो। लुम्बिनीले पहिलो विकेटका रुपमा ओपनर ब्याटर अशुतोष घिरौया ८ रन बनाउँदै ललित राजवंशीको बलमा हर्ष थाकरबाट क्याच भए।

७.३ ओभरमा लुम्बिनीले ५० रन पूरा गर्‍यो। १० ओभरमा अन्तिम बलमा शेर मल्लले अर्जुन साउदलाई बोल्ड आउट गरेका हुन्। लुम्बिनीले १० ओभरमा २ विकेट गुमाउँदै ६४ रन बनाएको थियो।

१५ ओभरमा लुम्बिनीले १०० रन पूरा गरेको हो। १५.४ मा लुम्बिनीले तेस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको हो। उनले ३८ बलमा ३ चौकासहित ३५ रन बनाए। उनले तेस्रो विकेटका लागि टम मोरिससँग ४१ रनको साझेदारी बनाए। लुम्बिनीले चौथो विकेटका लागि टम मोरिसको विकेट गयो। पाँचौं विकेट हर्ष थाकरले विवेकलाई डक आउट गराए।

जनकपुरका लागि हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए। शेर मल्ल, किशोर महतो र ललित राजवंशीले समान १/१ विकेट लिए।

लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेट, पोखरा एभेन्जर्ससँग १० विकेट र सुदुरपश्चिमसँग ४५ रनले पराजित भएको हो। त्यसअघि ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाएका हुन्। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरेका हुन्। आसिफ शेखले १६ रन बनाए। उनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे। लाहिरु मिलान्थाले २३ बलमा २ चौका सहित २४ रन बनाए। सुभ कन्साकर २४ बलमा २ चौका सहित अविजित रहे।

आजको दोस्रो खेलमा चितवन र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...