मुख्य समाचार
जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित
जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित

: नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेट, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि ८ विकेट र पोखरा एभेन्जर्सलाई ७ विकेटको जित निकालेको थियो।


अन्तिम ओभरमा ९ रन चाँहिदा पहिलो बलमा साद बिन जफरको विकेट गएको हो। दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे। त्यसपछि खेलमा फर्किएको लुम्बिनीले अन्तिम बलमा सन्दीप जोराको विकेट गुमाउँदै खेल पनि गुमायो।

सन्दीपले ८ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाउँदै अन्तिम बलमा किशोर महतोबाट क्याच आउट भए।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्रै बनायो।

लुम्बिनीले पावरप्लेमा १ विकेट गुमाउँदै ३७ रन बनाएको हो। लुम्बिनीले पहिलो विकेटका रुपमा ओपनर ब्याटर अशुतोष घिरौया ८ रन बनाउँदै ललित राजवंशीको बलमा हर्ष थाकरबाट क्याच भए।

७.३ ओभरमा लुम्बिनीले ५० रन पूरा गर्‍यो। १० ओभरमा अन्तिम बलमा शेर मल्लले अर्जुन साउदलाई बोल्ड आउट गरेका हुन्। लुम्बिनीले १० ओभरमा २ विकेट गुमाउँदै ६४ रन बनाएको थियो।

१५ ओभरमा लुम्बिनीले १०० रन पूरा गरेको हो। १५.४ मा लुम्बिनीले तेस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको हो। उनले ३८ बलमा ३ चौकासहित ३५ रन बनाए। उनले तेस्रो विकेटका लागि टम मोरिससँग ४१ रनको साझेदारी बनाए। लुम्बिनीले चौथो विकेटका लागि टम मोरिसको विकेट गयो। पाँचौं विकेट हर्ष थाकरले विवेकलाई डक आउट गराए।

जनकपुरका लागि हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए। शेर मल्ल, किशोर महतो र ललित राजवंशीले समान १/१ विकेट लिए।

लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेट, पोखरा एभेन्जर्ससँग १० विकेट र सुदुरपश्चिमसँग ४५ रनले पराजित भएको हो। त्यसअघि ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाएका हुन्। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरेका हुन्। आसिफ शेखले १६ रन बनाए। उनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे। लाहिरु मिलान्थाले २३ बलमा २ चौका सहित २४ रन बनाए। सुभ कन्साकर २४ बलमा २ चौका सहित अविजित रहे।

आजको दोस्रो खेलमा चितवन र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...