मुख्य समाचार
दीपेन्द्रको खेल म्याक्सवेलको जस्तै लाग्छ : ब्राड हज
दीपेन्द्रको खेल म्याक्सवेलको जस्तै लाग्छ : ब्राड हज

। एनपीएल टिम सुदूरपश्चिम रोयल्सका मेन्टर तथा अस्ट्रेलियाका लिजेन्ड ब्राड हजले सुदूरका कप्तान दीपेन्द्रको खेल म्याक्सवेलको जस्तो लाग्ने बताएका छन् ।

आइतबारको खेलपछि पत्रकार सम्मेलनमा कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘दीपेन्द्र एकदम राम्रो खेलाडी हुन्, उनको ब्याटिङ बलिङ र फिल्डिङ सबै उत्तिकै राम्रो छ । कहिलेकाहीँ उनको शटहरू देख्दा ग्लेन म्याक्सवेलको जस्तै लाग्छ’ उनले भनेका हुन् ।




दीपेन्द्रको प्रदर्शनले उनले आइपीएल, बीबीएलजस्ता विश्वचर्चित लिग खेल्ने कुरामा पनि आफूहरू विश्वस्त रहेको उनले बताए । साथै उनले नेपालमा धेरै युवा प्रतिभाहरू भएको र यसले नेपाली क्रिकेटको भविष्य राम्रो बनाउने कुरा पनि उल्लेख गरे ।

नेपाली क्रिकेटले नयाँ उचाइ हासिल गर्दै गरेको कुरा निकै राम्रो रहेको भन्दै उनले नेपालले आगामी वर्षहरूमा पनि टी२० विश्वकपजस्ता प्रतियोगिताहरू खेल्ने विश्वास व्यक्त गरे ।



उनले सुदूरपश्चिमले एनपीएलको उपाधि जित्न सक्ने पनि बताए । सुदूरपश्चिम आजको खेलमा भने पराजित भएको थियो । ब्राड हज सोमबार स्वदेश फर्कँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...