मुख्य समाचार
दीपेन्द्रको खेल म्याक्सवेलको जस्तै लाग्छ : ब्राड हज
दीपेन्द्रको खेल म्याक्सवेलको जस्तै लाग्छ : ब्राड हज

। एनपीएल टिम सुदूरपश्चिम रोयल्सका मेन्टर तथा अस्ट्रेलियाका लिजेन्ड ब्राड हजले सुदूरका कप्तान दीपेन्द्रको खेल म्याक्सवेलको जस्तो लाग्ने बताएका छन् ।

आइतबारको खेलपछि पत्रकार सम्मेलनमा कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘दीपेन्द्र एकदम राम्रो खेलाडी हुन्, उनको ब्याटिङ बलिङ र फिल्डिङ सबै उत्तिकै राम्रो छ । कहिलेकाहीँ उनको शटहरू देख्दा ग्लेन म्याक्सवेलको जस्तै लाग्छ’ उनले भनेका हुन् ।




दीपेन्द्रको प्रदर्शनले उनले आइपीएल, बीबीएलजस्ता विश्वचर्चित लिग खेल्ने कुरामा पनि आफूहरू विश्वस्त रहेको उनले बताए । साथै उनले नेपालमा धेरै युवा प्रतिभाहरू भएको र यसले नेपाली क्रिकेटको भविष्य राम्रो बनाउने कुरा पनि उल्लेख गरे ।

नेपाली क्रिकेटले नयाँ उचाइ हासिल गर्दै गरेको कुरा निकै राम्रो रहेको भन्दै उनले नेपालले आगामी वर्षहरूमा पनि टी२० विश्वकपजस्ता प्रतियोगिताहरू खेल्ने विश्वास व्यक्त गरे ।



उनले सुदूरपश्चिमले एनपीएलको उपाधि जित्न सक्ने पनि बताए । सुदूरपश्चिम आजको खेलमा भने पराजित भएको थियो । ब्राड हज सोमबार स्वदेश फर्कँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...