मुख्य समाचार
म्याड्रिडले ला लिगामा सेभिल्लाविरुद्ध ४–३ को उत्कृष्ट पुनर्आगमन जित
म्याड्रिडले ला लिगामा सेभिल्लाविरुद्ध ४–३ को उत्कृष्ट पुनर्आगमन जित

— एन्टोनियो ग्रिजमनले ९४ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले एटलेटिको म्याड्रिडले आइतबार स्पेनी ला लिगामा सेभिल्लाविरुद्ध ४–३ को उत्कृष्ट पुनर्आगमन जित रचेको छ । डिएगो सिमोनीको टिम अहिले लयमा छ र अंक तालिकाको तेस्रो स्थानमा छ ।




एटलेटिकोले सबै खाले प्रतियोगितामा गरेर पछिल्ला नौ खेल लगातार जितेको छ । उसको १६ खेलबाट ३५ अंक भएको छ र यो दोस्रोमा रहेको रियल म्याड्रिडसँग एक अंकको दूरी मात्रै हो । बार्सिलोना भने ३८ अंकमा शीर्ष स्थानमा छ ।


जितपछि ग्रिजमनले भनेका छन्, ‘हामी सबै अहिले एउटा एकताबद्ध टिम भएका छौं र एउटै उद्देश्यका लागि प्रेरित छौं । हामीले अब ठूलो सफलताका लागि सपना देखे पनि हुन्छ र यसका लागि प्रयास पनि जारी रहनेछ ।’

आइतबारका अन्य खेलम एथलेटिको बिलबाओले भिल्लारियललाई २–० र रियल सोसिडाडले लेगानेसलाई ३–० ले हरायो । ओसासुना र डेपोर्टिभो एलाभेसले २–२ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित