मुख्य समाचार
राष्ट्रपति युन सुक येओलमाथि विदेश यात्रामा प्रतिबन्ध
राष्ट्रपति युन सुक येओलमाथि विदेश यात्रामा प्रतिबन्ध

— दक्षिण कोरियाली अधिकारीहरूले सोमबार राष्ट्रपति युन सुक येओलमाथि विदेश यात्रामा प्रतिबन्ध लगाएका छन् । भ्रष्टाचार अनुसन्धान निकाय प्रमुखले राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाउन आदेश दिएको योनहाप समाचार संस्थाले जनाएको छ ।


दक्षिण कोरियाको कानुन मन्त्रालयअन्तर्गतको आप्रवासन सेवा आयुक्त बेइ साङ-अपले संसदीय सुनुवाईका क्रममा पनि राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाइएको बताएका छन् । युनसँगै उनको प्रशासनका थुप्रै उच्च अधिकारीमा पनि यात्रा प्रतिबन्ध लगाइएको छ ।


राष्ट्रपति युनले गत साता अप्रत्याशित रूपमा संकटकालीन ‘मार्सल ल’ लागू गरेपछि उनीमाथि छानबिन भइरहेको छ । युनले घोषणा गरेको सैनिक शासन केही घण्टामा नै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो । त्यसपछि युनले आफ्नो कदम फिर्ता लिएका थिए ।

त्यसलगत्तै युनविरुद्ध विपक्षी दलका सांसदहरूले संसद्मा महाभियोग प्रस्ताव पेश गरेका थिए । तर उनको दल पिपुल्स पावर पार्टी (पीपीपी) का सांसदहरूले गत आइतबार भएको महाअभियोगमाथिको मतदान बहिस्कार गरेका थिए । जसका कारण उनी महाभियोगबाट जोगिएका थिए । यद्यपि, विपक्षी पार्टीहरूले यसै हप्ता उनका विरुद्ध नयाँ महाभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा छन् ।

मार्सल लको घोषणापछि दशौं हजार दक्षिण कोरियालीहरू प्रदर्शनमा उत्रिएका थिए । पीपीपीले भने पार्टी नेता र प्रधानमन्त्रीले राष्ट्रपति युनको व्यवस्थित रूपमा पदत्याग नभएसम्म देश सञ्चालन गर्ने बताएका छन् ।

पीपीपी नेता हान दोङ–हुनले आइतबार सार्वजनिक सम्बोधन गर्दै, राष्ट्रपति युनले राजीनामा नदिएसम्म विदेशी र घरेलु मामिलामा संलग्न नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...