मुख्य समाचार
राष्ट्रपति युन सुक येओलमाथि विदेश यात्रामा प्रतिबन्ध
राष्ट्रपति युन सुक येओलमाथि विदेश यात्रामा प्रतिबन्ध

— दक्षिण कोरियाली अधिकारीहरूले सोमबार राष्ट्रपति युन सुक येओलमाथि विदेश यात्रामा प्रतिबन्ध लगाएका छन् । भ्रष्टाचार अनुसन्धान निकाय प्रमुखले राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाउन आदेश दिएको योनहाप समाचार संस्थाले जनाएको छ ।


दक्षिण कोरियाको कानुन मन्त्रालयअन्तर्गतको आप्रवासन सेवा आयुक्त बेइ साङ-अपले संसदीय सुनुवाईका क्रममा पनि राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाइएको बताएका छन् । युनसँगै उनको प्रशासनका थुप्रै उच्च अधिकारीमा पनि यात्रा प्रतिबन्ध लगाइएको छ ।


राष्ट्रपति युनले गत साता अप्रत्याशित रूपमा संकटकालीन ‘मार्सल ल’ लागू गरेपछि उनीमाथि छानबिन भइरहेको छ । युनले घोषणा गरेको सैनिक शासन केही घण्टामा नै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो । त्यसपछि युनले आफ्नो कदम फिर्ता लिएका थिए ।

त्यसलगत्तै युनविरुद्ध विपक्षी दलका सांसदहरूले संसद्मा महाभियोग प्रस्ताव पेश गरेका थिए । तर उनको दल पिपुल्स पावर पार्टी (पीपीपी) का सांसदहरूले गत आइतबार भएको महाअभियोगमाथिको मतदान बहिस्कार गरेका थिए । जसका कारण उनी महाभियोगबाट जोगिएका थिए । यद्यपि, विपक्षी पार्टीहरूले यसै हप्ता उनका विरुद्ध नयाँ महाभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा छन् ।

मार्सल लको घोषणापछि दशौं हजार दक्षिण कोरियालीहरू प्रदर्शनमा उत्रिएका थिए । पीपीपीले भने पार्टी नेता र प्रधानमन्त्रीले राष्ट्रपति युनको व्यवस्थित रूपमा पदत्याग नभएसम्म देश सञ्चालन गर्ने बताएका छन् ।

पीपीपी नेता हान दोङ–हुनले आइतबार सार्वजनिक सम्बोधन गर्दै, राष्ट्रपति युनले राजीनामा नदिएसम्म विदेशी र घरेलु मामिलामा संलग्न नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु भएको छ । लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल-हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् । जनरल अल-हद्दाद र अन्य चार जना मंगलवार बेलुकी टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन ५० एयरक्राफ्टमा सवार थिए । एयरक्राफ्टको भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला ...
— जर्मनीकी एरोस्पेस इन्जिनियर मिखाइला बेन्टहाउस अन्तरिक्ष यात्रा गर्ने पहिलो ह्वीलचेयर प्रयोगकर्ता बनेकी छन् । अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी ‘ब्लु अरिजिन’ले डिसेम्बर २० मा टेक्ससबाट प्रक्षेपण गरेको ‘न्यु सेपर्ड’ नामक सब-अर्बिटल रकेटमार्फत मिखाइला अन्तरिक्षमा पुगेकी हुन् । करिब १० मिनेट लामो यात्रामा उनले ‘कर्मान लाइन’ भनिने अन्तरिक्षको अन्तर्राष्ट्रिय सीमा पार गरेकी थिइन् । ‘असाध्यै अद्‍भुत अनुभव ...
— न्युयोर्क टाइम्सका पत्रकार तथा 'ब्याड ब्लड' पुस्तकका लेखक जोन क्यारेरुले गुगल, ओपनएआई, मेटा, एन्थ्रोपिक, एलन मस्कको एक्स एआई र परप्लेक्सिटीविरुद्ध क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेका छन् । अनुमति बिना आफ्ना कपीराइट संरक्षित पुस्तकहरू प्रयोग गरेको आरोप लगाउदैँ मुद्दा दायर गरेका हुन् । उजुरीमा ती कम्पनीहरूले आफ्ना पुस्तकहरू 'पाइरेट' (चोरी) गरेर लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी दिएका छन् । फ्लोरिडास्थित आफ्नो स्वामित्वमा रहेको मार ए लागो रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘मादुरोका लागि पद छाड्नु नै बुद्धिमानी हुने बताए । पत्रकारले मादुरोलाई सत्ताच्युत गराउने नै लक्ष्य हो भनेर ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले भने, ‘त्यस्तै हुन सक्छ, तर त्यो ...
— अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय समय सोमबार दिउँसो अमेरिका र मेक्सिकोको सिमाना नजिकै टेक्सस राज्यको गाल्भेस्टन टापु नजिक कोसेवेमा भएको दुर्घटनामा विमानमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो । अमेरिकी कोस्ट गार्डको पेट्टी अफिसर ल्यूक बेकरका अनुसार विमानमा चार नेभी अफिसर, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम