मुख्य समाचार
बेलायत सरकारले ई-भिसा लागू 
गर्ने म्याद केही महिना सार्ने निर्णय
बेलायत सरकारले ई-भिसा लागू 
गर्ने म्याद केही महिना सार्ने निर्णय

— बेलायत सरकारले बायोमेट्रिक कार्ड प्रतिस्थापन गरी डिजिटल ई-भिसा लागू 
गर्ने म्याद केही महिना सार्ने निर्णय गरेको छ । ई-भिसा रोलआउटमा समस्या आएपछि गृह मन्त्रालयले कम्तीमा मार्च ३१ सम्म नयाँ नियम लागू हुने म्याद थपेको हो ।




सरकारले यसअघि बेलायतमा बस्न, काम गर्न र बेनिफिट्स लिन पाइने अधिकार भएको बायोमेट्रिक रेसिडेन्स कार्ड (बीआरसी) र बायोमेट्रिक रेसिडेन्स परमिट (बीआरपी) डिसेम्बर ३१ सम्म मात्र कायम रहने घोषणा गरेको थियो । डिसेम्बर ३१ पछिको भिसा हुनेहरूले अनिवार्य ई-भिसा परिवर्तन गर्नुपर्ने नियम ल्याइएको हो ।


लन्डनस्थित एभरेस्ट ल फर्मका सोलिसिटर राजु थापा सरकारले ई-भिसा परिवर्तनको म्याद थप्दा केही राहत मिल्ने बताए । 'विशेषगरी अहिले भूतपूर्व गोर्खा वृद्धवृद्धाहरूमा ई-भिसाबारे अन्योल देखिएको छ,' थापाले भने,'अहिले नै गरिहाल्न हतार नहुने भयो तर, अन्तिम समयभन्दा बेलैमा परिवर्तन गरेर बस्न उपयुक्त हुन्छ ।' जसको पुरानो पासपोर्टमा भिसा स्टिकर वा आईएलआर छ, उनीहरूले पनि होम अफिसमा एनटिलको निवेदन दिएर त्यो स्वीकृत भएपछि ई-भिसा बदल्नुपर्ने उनले बताए ।

सरकारले म्याद गुज्रिएको बीआरपी कार्डबाट मार्च मसान्तसम्म यात्रा गर्न अनुमति दिने भएको छ तर सकभर बेलैमा ई-भिसा परिवर्तन गर्न कानुनविदहरुको सुझाव छ । मार्च ३१ सम्म म्याद सकिएको यूके रेसिडेन्स परमिट कार्डबाट पनि एयरलाइन्सहरूले यात्रुलाई यात्रा अनुमति दिने गृह मन्त्रालयले पुष्टि गरेको छ ।

गृह मन्त्रालयले बुधबार ६० लाखभन्दा बढी मानिसले ई-भिसा प्रयोग गरिसकेका र परिवर्तनको घोषणा भएदेखि थप ३१ लाखले आवेदन दिएका जनाएको छ । आप्रवासनमन्त्री सीमा मल्होत्राले आफ्नो बीआरपी कार्ड गुमाएका र पहिचान हुने अरु कुनै कागजात नभएका थोरै मानिसका लागि यूके भिजा एन्ड इमिग्रेसन (यूकेभीआई) को अनलाइन अकाउन्ट खोल्न असहज भएको स्वीकारेकी छन् ।

मन्त्री मल्होत्राले सरकारले नोभेम्बर १ देखि यस्ता आवेदक र नयाँ मान्यताप्राप्त शरणार्थीहरूका लागि स्वतः यूकेभीआई अकाउन्ट सिर्जना गर्ने व्यवस्था गरिसकेको बेलायती संसद्‍लाई जानकारी गराएकी छिन् ।

ई-भिसा व्यक्तिको अध्यागमन स्टाटस देखाउने एक अनलाइन रेकर्ड हो । भौतिकजस्तो हराउने, चोरी हुने वा बिग्रने अवस्था नभएकाले ई-भिसा सुरक्षित हुने गृह मन्त्रालयको भनाइ छ । यो यूके बोर्डरमा वा रोजगारदाता एवं घर मालिकहरूसमक्ष आफ्नो अध्यागमन स्टाटस प्रमाणित गर्न पनि सजिलो र छिटो हुने सरकारको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल-हद्दादको विमान दुर्घटनामा परी मृत्यु भएको छ । लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल-हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका छन् । जनरल अल-हद्दाद र अन्य चार जना मंगलवार बेलुकी टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन ५० एयरक्राफ्टमा सवार थिए । एयरक्राफ्टको भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला ...
— जर्मनीकी एरोस्पेस इन्जिनियर मिखाइला बेन्टहाउस अन्तरिक्ष यात्रा गर्ने पहिलो ह्वीलचेयर प्रयोगकर्ता बनेकी छन् । अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनी ‘ब्लु अरिजिन’ले डिसेम्बर २० मा टेक्ससबाट प्रक्षेपण गरेको ‘न्यु सेपर्ड’ नामक सब-अर्बिटल रकेटमार्फत मिखाइला अन्तरिक्षमा पुगेकी हुन् । करिब १० मिनेट लामो यात्रामा उनले ‘कर्मान लाइन’ भनिने अन्तरिक्षको अन्तर्राष्ट्रिय सीमा पार गरेकी थिइन् । ‘असाध्यै अद्‍भुत अनुभव ...
— न्युयोर्क टाइम्सका पत्रकार तथा 'ब्याड ब्लड' पुस्तकका लेखक जोन क्यारेरुले गुगल, ओपनएआई, मेटा, एन्थ्रोपिक, एलन मस्कको एक्स एआई र परप्लेक्सिटीविरुद्ध क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेका छन् । अनुमति बिना आफ्ना कपीराइट संरक्षित पुस्तकहरू प्रयोग गरेको आरोप लगाउदैँ मुद्दा दायर गरेका हुन् । उजुरीमा ती कम्पनीहरूले आफ्ना पुस्तकहरू 'पाइरेट' (चोरी) गरेर लार्ज ल्याङ्गवेज मोडेल (एलएलएम) ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पद छाड्न चेतावनी दिएका छन् । फ्लोरिडास्थित आफ्नो स्वामित्वमा रहेको मार ए लागो रिसोर्टमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले ‘मादुरोका लागि पद छाड्नु नै बुद्धिमानी हुने बताए । पत्रकारले मादुरोलाई सत्ताच्युत गराउने नै लक्ष्य हो भनेर ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले भने, ‘त्यस्तै हुन सक्छ, तर त्यो ...
— अमेरिकाको छिमेकी मुलुक मेक्सिकोको मेक्सिकन नेभी सेनाको सानो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय समय सोमबार दिउँसो अमेरिका र मेक्सिकोको सिमाना नजिकै टेक्सस राज्यको गाल्भेस्टन टापु नजिक कोसेवेमा भएको दुर्घटनामा विमानमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो । अमेरिकी कोस्ट गार्डको पेट्टी अफिसर ल्यूक बेकरका अनुसार विमानमा चार नेभी अफिसर, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम