मुख्य समाचार
त्रिविमा 'मेरिटोक्रेसी'को विरोधमा एमाले महासचिवले भने : निश्चित वैचारिक समूह निषेध गर्न ल्याइयो
त्रिविमा 'मेरिटोक्रेसी'को विरोधमा एमाले महासचिवले भने : निश्चित वैचारिक समूह निषेध गर्न ल्याइयो

— सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालयमा लागू गरिएको प्रतिस्पर्धाको आधारमा माथिल्लो योग्यताक्रमका व्यक्तिलाई विभिन्न पदमा नियुक्ति दिने प्रणाली (मेरिटोक्रेसी)को विरोध गरेका छन् ।


विश्वविद्यालयमा निश्चित वैचारिक समूहलाई निषेध गर्नका लागि मेरिटोक्रेसी प्रणाली लागू गरेको पोखरेलको दाबी छ ।


महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत त्रिविमा लागू भएको मेरिटोक्रेसीको विरोध गरेका हुन् । उनले त्रिविका उपकुलपति प्राडा केशरजंग बरालको आलोचना गरेका छन् ।

'यतिबेला त्रिभुवन विश्वविद्यालयका भीसी केशरजंग बराल मेरिटोक्रेसीका नाममा सोही समयको सत्ता गठबन्धन (बराल उपकुलपति हुने बेलाको सत्ता गठबन्धन माओवादी र कांग्रेस) लाई नै प्रतिनिधित्व गर्नेगरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन गर्ने योजनामा तल्लिन छन् । त्यसलाई उनले मेरिट्रोकेसीको जामा लगाई दिएका छन् । अनि त्यही नाटकलाई उनी निकटका माओवादी समर्थकहरू धुवाँधार रुपमा पक्षपोषण र प्रशंसा गरिरहेका छन्,' पोखरेलले आक्रोश पोख्दै लेखेका छन्, 'साच्चै त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीमा हिँड्न चाहेको भए उनले छनौट कमिटीमा कसलाई राख्ने भन्ने कुरामा कुनै चासो वा हस्तक्षेप गर्ने थिएनन् ? प्राज्ञिक नेतृत्वको जिम्मेवारीमा रहेका रेक्टरलाई छनौटको नेतृत्व दिन सक्थे वा प्राज्ञहरूको रोष्टर तयार गरेर लट्रिका आधारमा छनौट समितिका सदस्य चयन गर्न सक्दथे । तर उनले त्यो दुवै काम गरेनन् । आफूले चाहेको व्यक्ति छनौट हुनेगरी छनौट समिति गठन गरे । सोही अनुसार छनौटका मापदण्ड तयार गर्न लगाए ।'

निश्चित राजनीतिक आस्था राख्नेहरूलाई निषेध गर्नका लागि मेरिटोक्रेसी लागू गरिएको महासचिव पोखरेलको आरोप छ । 'विश्वविद्यालयमा एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मञ्चन गरिरहेका छन् । यस प्रकारको क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि बढ्ने होइन झन धराशायी हुनेछ,' उनले भनेका छन्, 'त्यसैले मेरिटोक्रेसीका नाममा गरिएको भद्दा नाटक बन्द गरौं । सम्पूर्ण कामलाई खुला र पारदर्शी ढंगले विश्वविद्यालयको दिर्घकालीन हितलाई ध्यानमा राखेर अघि बढाऔं ।'

उपकुलपति बराल तत्कालीन सरकारको नेतृत्व गरिरहेको माओवादी निकट व्यक्ति भएको पनि पोखरेलको आरोप छ । बराल त्रिविको उपकुलपति नियुक्त हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए भने जसपाका अशोक राई शिक्षामन्त्री थिए । एमाले सरकारमा प्रमुख घटक थियो । हाल शिक्षामन्त्रीमा एमालेकै विद्या भट्टराई छन् भने सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । कांग्रेस सरकारमा प्रमुख घटक छ ।

त्रिविका रिक्त पदाधिकारी र विभिन्न क्याम्पसका प्रमुखको नियुक्ति प्रक्रिया अगाडि बढिरहेको छ । प्रतिस्पर्धाको आधारमा माथिल्लो योग्यताक्रमका व्यक्तिलाई त्रिवि पदाधिकारी र क्याम्पस प्रमुखको जिम्मेवारी दिने तयारी भइरहेका बेला एमालेका महासचिवबाट यस्तो अभिव्यक्ति आएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय गरेको हो । मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।
। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो । अभियुक्त परियारले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् । ‘सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्छ,’ उनले भनेका छन् । विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि उनले आग्रह ...
। नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक जना नाइजेरियन नागरिक फरार भएका छन् । अध्यागमन विभागको निर्देशनमा वलुवासोगो ग्लोरी ओडे नाम गरेका नाइजेरियन नागरिकलाई प्रहरीले भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट प्रहरीले हिजो (सोमबार) साँझ पक्राउ गरेको थियो । फुटबल खेलमा सहभागी भएको अवस्थामा फेला पारी पक्राउ परेका ती व्यक्ति को १ झ ६१६ नम्बरको गाडीमा राखेर अध्यागमन विभाग, मुद्दा ...
। सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताएका छन् । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले बोल्दै उनले बजेट खर्चबारे प्रश्न गरेका हुन् । बैठकमा बोल्दै उनले भने, ‘बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? चैतमा ठेक्का लगाएर असारमा भुक्तानी हुन्छन् ...