मुख्य समाचार
प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए
प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए

— गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् ।


सुर्खेतस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण गुमी बेस क्याम्प गुर्भाकोट सुर्खेतको अनुगमन गर्दै आइतबार लेखकले प्रहरीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनमा सरकार गम्भीर रूपले लागिरहेको बताएका हुन् । विधिको शासन सुनिश्चित गर्नका लागि नेपाल प्रहरीको विषेश भूमिका रहेको उनले बताए ।


सोमबार हुने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि आइतबार दिउँसो सुर्खेत पुगेका उनले गणको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा लेखकले गण छिटो स्थानान्तरणका लागि आफूले गर्नुपर्ने सहयोग गर्ने आश्वासन समेत दिए । गृहमन्त्री लेखक सँगै नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवर पनि सुर्खेत पुगेका छन् ।

अहिले लुम्बीनी प्रदेशको नेपालगन्जमा रहेको यो गणको केही जनशक्ति मात्र सुर्खेतको गुर्भाकोट नगरपालिकामा–१३ र १४ मा बसेको छ । प्रहरी निरीक्षकको कमाण्डमा अहिले १०० जना प्रहरी बसेका छन् । गत वर्षको असोज ५ गतेबाट गणमा प्रहरी बस्न थालेको छ । तर अझै पनि कार्यालय पूर्ण रूपले यता सरिसकेको छैन ।

गृहमन्त्री लेखकसँगै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री धनश्याम भण्डारी, जलस्रोत तथा उर्जा विकास मन्त्री बिजया बुढा पनि गुमी पुगेका थिए । गृहमन्त्री लेखकसँग गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुन, लेकबेंसी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल लगायतका जनप्रतिनिधिले जतिसक्दो छिटो यो गणलाई नेपालगन्जबाट कर्णाली ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । जवाफमा गृहमन्त्री लेखकले सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय गरेको हो । मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।
। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो । अभियुक्त परियारले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् । ‘सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्छ,’ उनले भनेका छन् । विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि उनले आग्रह ...
। नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक जना नाइजेरियन नागरिक फरार भएका छन् । अध्यागमन विभागको निर्देशनमा वलुवासोगो ग्लोरी ओडे नाम गरेका नाइजेरियन नागरिकलाई प्रहरीले भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट प्रहरीले हिजो (सोमबार) साँझ पक्राउ गरेको थियो । फुटबल खेलमा सहभागी भएको अवस्थामा फेला पारी पक्राउ परेका ती व्यक्ति को १ झ ६१६ नम्बरको गाडीमा राखेर अध्यागमन विभाग, मुद्दा ...
। सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताएका छन् । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले बोल्दै उनले बजेट खर्चबारे प्रश्न गरेका हुन् । बैठकमा बोल्दै उनले भने, ‘बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? चैतमा ठेक्का लगाएर असारमा भुक्तानी हुन्छन् ...