मुख्य समाचार
राजनीतिक स्थिरताको जगमा अब आर्थिक समृद्धि : उपप्रधानमन्त्री सिंह
राजनीतिक स्थिरताको जगमा अब आर्थिक समृद्धि : उपप्रधानमन्त्री सिंह

— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको प्राथमिकता राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धि भएको बताएका छन् । झापाको दमकमा कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्वको जग बसालिएको बताए ।


उपप्रधानमन्त्री सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा गर्न सरकारले आर्थिक समृद्धिमा जोड दिएको बताए । उनले जनताको करबाट बनेका ठूला संरचना लामो समय प्रयोगमा नआउँदा बिग्रने भन्दै निर्माण भइसकेका संरचना प्रयोगमा ल्याउनुपर्नेमा पनि बताए ।


धरहरा, दमकको बिजनेस कम्प्लेक्स र बुटवलको सभा हललगायतका विशिष्ट संरचना संचालनका लागि सरकारले विशेष ध्यान दिइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले ती संरचनाले आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसको अहिलेको समस्या पार्टी व्यवस्थापन रहेको भन्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए । पटक-पटकको आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्नका लागि पनि कांग्रेस पार्टीलाई ठिक ठाउँमा हिँडाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय गरेको हो । मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।
। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो । अभियुक्त परियारले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् । ‘सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्छ,’ उनले भनेका छन् । विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि उनले आग्रह ...
। नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक जना नाइजेरियन नागरिक फरार भएका छन् । अध्यागमन विभागको निर्देशनमा वलुवासोगो ग्लोरी ओडे नाम गरेका नाइजेरियन नागरिकलाई प्रहरीले भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट प्रहरीले हिजो (सोमबार) साँझ पक्राउ गरेको थियो । फुटबल खेलमा सहभागी भएको अवस्थामा फेला पारी पक्राउ परेका ती व्यक्ति को १ झ ६१६ नम्बरको गाडीमा राखेर अध्यागमन विभाग, मुद्दा ...
। सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताएका छन् । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले बोल्दै उनले बजेट खर्चबारे प्रश्न गरेका हुन् । बैठकमा बोल्दै उनले भने, ‘बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? चैतमा ठेक्का लगाएर असारमा भुक्तानी हुन्छन् ...