मुख्य समाचार
रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

। कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको स्वाद चाखेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।




पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ । ५ खेलबाट लुम्बिनीले २ अंक जोडेको छ ।

रोहितकै ४ विकेट प्रदर्शनमा १६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा पनि ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।



चितवनका लागि लुक बेन्केनसटाइनले सर्वाधिक ३१ रन बनाउनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान कुशल मल्ल २०, रवि बोपारा १२ र सन्तोष कार्की १० रन बनाएर आउट भए ।

दशौँ नम्बरमा ब्याटिङ गरेका नरबहादुर शार्कीले १२ बल खेल्दै अविजित २२ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । रिजन ढकालले १४ बलमा अविजित १५ रन बनाए ।

रामोन सिमोण्ड्ससँगै नयाँ बलमा बलिङ गरेका रोहितले ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् । मुख्य बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन् ।

बलिङमा उनले रामोन सिमोण्ड्ससँग नयाँ बल बलिङ गरेका थिए । दोस्रो ओभरमै बलिङ गरेका रोहितले सुरुमै विपिन राउललाई आउट गरे । त्यसपछि चौथो ओभरमा सोहेल तनविरलाई कट एण्ड बोल्ड गरेका रोहितले १२औं ओभरमा रवि बोपारा र १४औं ओभरमा जान निकोल लफ्टी इटनलाई आउट गरे ।

लुम्बिनीका रामोन सिमोण्ड्सले ३ ओभरमा १५ रन खरेचेर २ विकेट लिए । साद विन जफर र अभिशेष गौतमले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मदतमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

दुई ओभरभित्रै २ विकेट गुमाएको र ३८-३ को अवस्थामा रहेको लुम्बिनीका लागि रोहित र साद विन जफरले शतकिय साझेदारी गर्दै इनिङ्स उकासेका थिए । रोहितले ब्याटिङमा दुई विकेट गएपछि दोस्रो ओभरमै क्रिजमा आएर इनिङ्स सम्हालेका थिए ।

रोहितले अन्तिम ओभरमा आउट हुनुअघि ५७ बल खेल्दै ८० रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे । रोहितले एनपीएलमा बनाएको यो दोस्रो अर्धशतक हो ।

यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ९५ रन बनाएका थिए । यस्तै विन जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ५२ रन बनाए ।

रोहित र विन जफरले पाँचौ विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । एनपीएलमा पाँचौ विकेटका लागि भएको यो पहिलो शतकिय साझेदारी हो भने समग्रमा पाँचौ शतकिय साजेदारी हो ।

लुम्बिनीका लागि अर्जुन साउदले १५ र टम मुर्सले १० रन जोडे ।

बलिङमा चितवनका रिजन ढकाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले समान एक/एक विकेट लिए ।

पहिलो जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले साद विन जफरसँग साझेदारी राम्रो भएको र बलिङ पनि राम्रो भएकोले जित हात पारेको बताए । ‘हामीले यो विकेटमा १४० सम्मको रन ट्रिकी हुन सक्छ भन्ने सोचिरहेका थियौं । बीचमा मेरो र जफरको बिचमा भएको साझेदारीले राम्रो स्कोर बनायौं । बलिङमा राम्रो गर्न सक्यौं’ उनले भने ।

रोहितले अझै दुई खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी रहेको बताए । ‘अझै पनि २ खेल बाँकी छ र त्यो जित्न सक्यौं भने प्लेअफ सम्भावना अझै बाँकी छ ।’ उनले अरु टिमको नतिजामा पनि भर पर्नुपर्ने बताए ।

लुम्बिनीले अब काठमान्डु गुर्खाज र कर्णाली याक्ससँग खेल्न बाँकी छ । बुधबार काठमान्डुसँग खेलेपछि लुम्बिनीले लिगको अन्तिम खेल शनिवार कर्णालीसँग खेल्नेछ ।

चितवनका प्रशिक्षक उमेश पटवालले केही रन बढि बनेको र लुम्बिनीले पनि राम्रो खेलेको बताए ।’हामीले १५० सम्मको स्कोर ठीक हुन्छ जस्तो सोचेका थियौं । अलिकति रन बढी गयो । लुम्बिनीका बलरहरूले पनि राम्रो बलिङ गरे । रोहितले राम्रो खेलिरहेका छन् ।’ पटवालले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...