मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरे
सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरे

: नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरेको छ। अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टीट्वेन्टी विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेका छन्। उनले २३ टीट्वेन्टी अन्तर्राष्ट्रिय र १० एकदिवसीय खेल खेलेका छन्। भारतीय टोलीबाट यू–१९ विश्वकप जितेका सिंहको आगमनले रोयल्सको टोली थप बलियो हुने विश्वास गरिएको छ।


सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन्। यस्तै मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले सम्हालेका छन्। सुदूरपश्चिमले एनपीएलको चार खेल खेलेकोमा तीन जितसहित ६ अंक जोडेको छ।

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक रहेको छ। रोयल्सले एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एयरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एन्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइ र कुमारी जबलाई करियर पार्टनरको रुपमा भित्र्याएको छ। एनपीएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ।


सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खड्क बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, बसन्त खत्री, ब्रान्डन म्याक्मलेन (स्कटल्यान्ड), सेफ अलि जैब –इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), दिलप्रित सिंह बज्वा (क्यानडा) र हरमित सिंह (अमेरिका) छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...