मुख्य समाचार
लिभरपुलले जिरोनालाई १–० ले हराएको छ र यससँगै अन्तिम १६ मा लगभग प्रवेश
लिभरपुलले जिरोनालाई १–० ले हराएको छ र यससँगै अन्तिम १६ मा लगभग प्रवेश

— युरोपेली च्याम्पियन्स लिगको समूह चरणको शीर्षमा रहेको लिभरपुलले मंगलबार जिरोनालाई १–० ले हराएको छ र यससँगै अन्तिम १६ मा लगभग प्रवेश गरेको छ । लिभरपुलको यो लगातार छैटौं जित र शतप्रतिशत प्रदर्शन हो ।

जिरोनामा भएको खेलमा लिभरपुलका लागि मोहमद सलाहले पेनाल्टीबाट एक मात्र गोल गरे । सिजनमै उत्कृष्ट सुरुआत लिएको आर्ने स्लटको लिभरपुललाई दोस्रो स्थानमा रहेका बायर लेभरकुजनमाथि पाँच अंकको अग्रता प्राप्त छ ।

छ पल्टको युरोपेली च्याम्पियन यो जितका लागि संघर्षरत रह्यो । तर डेब्यु गरिरहेको जिरोना भने पाँचौं हारपछि प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । लेभरकुजनसँगै एस्टन भिल्ला, इन्टर मिलान र ब्रेस्ट समान १३ अंकमा छन् ।

‘सुरुमै कसैले छ खेलमध्ये सबैमा जित भनेको भए यो नतिजा मैले सहर्ष स्वीकार गर्थेँ । लिभरपुलको अहिलेसम्मको प्रदर्शनमा हामी सबै असाध्यै खुसी छौं । तर आजको खेलमा जित भने कठिन रह्यो,’ खेलपछि प्रशिक्षक स्लटले भने ।

मंगलबारका अन्य खेलमा लेभरकुजनले इन्टरलाई १–०, एस्टन भिल्लाले आरबी लाइपजिगलाई ३–२ र ब्रेस्टले पीएसभी आयनहोभनलाई १–० ले हरायो । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले भने अर्को खेलमा एटलान्टालाई ३–२ ले हराएर आफ्नो स्थिति सुधारेको छ ।

उसका लागि परिचित खेलाडी केयलिन एमबापे, भिनिसियस जुनियर र जुड बेलिङघमले गोल गरे । रियलको छ खेलबाट नौ अंक भएको छ र लिग तालिकाको १८ औं स्थानमा उक्लेको छ ।




यस्तै क्लब ब्रुगले स्पोर्टिङ लिस्वनलाई २–१, बायर्न म्युनिकले साख्तर डोनेस्कलाई ५–१ र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आरबी साल्सब्रगलाई ३–० हरायो भने डायनामो जागरेभ र सेल्टिकले गोलरहित खेले । बायर्न १२ अंकमा आठौं स्थानमा रहेको छ । पीएसजीको सात अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...