मुख्य समाचार
लिभरपुलले जिरोनालाई १–० ले हराएको छ र यससँगै अन्तिम १६ मा लगभग प्रवेश
लिभरपुलले जिरोनालाई १–० ले हराएको छ र यससँगै अन्तिम १६ मा लगभग प्रवेश

— युरोपेली च्याम्पियन्स लिगको समूह चरणको शीर्षमा रहेको लिभरपुलले मंगलबार जिरोनालाई १–० ले हराएको छ र यससँगै अन्तिम १६ मा लगभग प्रवेश गरेको छ । लिभरपुलको यो लगातार छैटौं जित र शतप्रतिशत प्रदर्शन हो ।

जिरोनामा भएको खेलमा लिभरपुलका लागि मोहमद सलाहले पेनाल्टीबाट एक मात्र गोल गरे । सिजनमै उत्कृष्ट सुरुआत लिएको आर्ने स्लटको लिभरपुललाई दोस्रो स्थानमा रहेका बायर लेभरकुजनमाथि पाँच अंकको अग्रता प्राप्त छ ।

छ पल्टको युरोपेली च्याम्पियन यो जितका लागि संघर्षरत रह्यो । तर डेब्यु गरिरहेको जिरोना भने पाँचौं हारपछि प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । लेभरकुजनसँगै एस्टन भिल्ला, इन्टर मिलान र ब्रेस्ट समान १३ अंकमा छन् ।

‘सुरुमै कसैले छ खेलमध्ये सबैमा जित भनेको भए यो नतिजा मैले सहर्ष स्वीकार गर्थेँ । लिभरपुलको अहिलेसम्मको प्रदर्शनमा हामी सबै असाध्यै खुसी छौं । तर आजको खेलमा जित भने कठिन रह्यो,’ खेलपछि प्रशिक्षक स्लटले भने ।

मंगलबारका अन्य खेलमा लेभरकुजनले इन्टरलाई १–०, एस्टन भिल्लाले आरबी लाइपजिगलाई ३–२ र ब्रेस्टले पीएसभी आयनहोभनलाई १–० ले हरायो । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले भने अर्को खेलमा एटलान्टालाई ३–२ ले हराएर आफ्नो स्थिति सुधारेको छ ।

उसका लागि परिचित खेलाडी केयलिन एमबापे, भिनिसियस जुनियर र जुड बेलिङघमले गोल गरे । रियलको छ खेलबाट नौ अंक भएको छ र लिग तालिकाको १८ औं स्थानमा उक्लेको छ ।




यस्तै क्लब ब्रुगले स्पोर्टिङ लिस्वनलाई २–१, बायर्न म्युनिकले साख्तर डोनेस्कलाई ५–१ र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आरबी साल्सब्रगलाई ३–० हरायो भने डायनामो जागरेभ र सेल्टिकले गोलरहित खेले । बायर्न १२ अंकमा आठौं स्थानमा रहेको छ । पीएसजीको सात अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...