मुख्य समाचार
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

: सशस्त्र प्रहरी बल (एपीएफ)का तत्कालीन प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर भएको छ।


अख्तियार दुरूपयोग अनुसन्धा आयोगले बुधबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। प्रहरी निरीक्षक कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिनको माग गर्दै उजुरी परेको थियो।

प्रवक्ता नरहरि घिमिरेका अनुसार सोही उजुरीको आधारमा छानबिन हुँदा कुँवरले माध्यमिक शिक्षा परिषद,उत्तर प्रदेश( बोर्ड अफ हाइस्कुल एण्ड इण्टरमिडियट एजुकेसन युपी) अन्तर्गत हाई स्कुल तहको परीक्षा उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र लिइ झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा समेत भएका थिए।


झुट्टा शैक्षिक प्रमाणपत्र पेशगरी राष्ट्रसेवकको पदमा प्रवेश गरी ओहदा एवं लाभसमेत प्राप्त गरेकाले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२,दफा २९ (२) तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सजाय हुन माग दावी गरिएको छ।

उनले सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाइ दाङबाट कार्यरत रहेका बेला राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने कम्पनीलाई मुनाफा बाहिर लैजाने क्रममा सरकारले अवरोध गर्दा वैदेशिक लगानी नआएको बताएका छन् । सरकारको नीतिका कारण विदेशी कम्पनी नेपालमा लगानी गर्न डराइरहेको थापाको भनाइ थियो । मानवअधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा महामन्त्री थापाले नेपालमा लगानीमैत्री वातावरण बनाउन नसकिएको बताए । 'नेपालमा अहिले ...
— प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । भन्सार छलीको गाडी निर्वाधरूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकालाई मंगलबार सार्वजनिक गरेको छ । सो प्रकरणमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४३ वर्षीय चिरञ्जीवि ...
: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास,बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। यसैगरी प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् ...
— रुपन्देहीमा १८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको साविक सिलौटिया गाविस वडा नं. ६ हाल मर्चवारी गाउँपालिका ५ लक्ष्मीपुर बस्ने खड्ग भन्ने पुजारी यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । २०६४ असार १२ गते अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायको फौसला सुनाएको थियो । यादवलाई इलाका प्रहरी कार्यालय ...
— मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी–७, मनहरी बजारबाट ९ किलो ८५० ग्राम लागूऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४, झ्याकेका ५२ वर्षीय प्रतापसिं मोक्तान र उउनकी पत्नी ५० वर्षीया राममाया मोक्तान छन् । मकवानपुर जिल्ला अदालतबाट ८ दिनको ...