मुख्य समाचार
उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोमा गम्भीर छौँ : एमाले
उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोमा गम्भीर छौँ : एमाले

— सरकारको नेतृत्व गरिरहेको एमालेले मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा अपेक्षित परिणाम आउन नसकेकोप्रति गम्भीर बन्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । एमालेले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको पनि निष्कर्ष निकालेको छ ।


एमाले केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले सहरी जनमतलाई पार्टीसँग आबद्ध गर्न नसकेको निष्कर्ष निकालिएको बताए ।


'मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरेका छौँ । समग्रमा एमालेले थप उपलब्धि हाँसिल गरेको छ । हामीले जितेका सात वडाहरूमा पद रिक्त भएको थियो, सबै गरेर ४२ पदमा रिक्त थियो । एउटा अध्यक्ष, दुई उपाध्यक्षसहित समग्रमा ८ सिटमा विजय हाँसिल गरेका छौँ । तर यति हुँदाहुँदै पनि यो परिणामलाई गम्भीरतापूर्वक लिएका छौँ,' ज्ञवालीले भने, 'खासगरी कीर्तिपुर नगरपालिका, १६ नम्बर वडा, केही वडाहरू जस्तो सहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ, त्यो ढंगले परिणाम आउन नसकेको कुराप्रति गम्भीर भएका छौँ ।'

सहरी मतदातालाई पार्टीसँग जोड्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि ज्ञवालीले जानकारी दिए । 'अझ बढी सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेका छौँ,' उनले भने, 'यो दुई वर्षको बीचमा प्रायः जुन पार्टीले जुन ठाउँमा जितेको थियो, त्यहाँ जनमत परिवर्तन भएको देखिन्छ । मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएका छौँ ।'

सामाजिक सञ्जालको दुरुपयोग गर्दै 'मिसइन्फरमेसन' र 'डिसइन्फरमेसन'को माध्यमबाट जनतामा निरासा फैलाउने, भ्रम फैलाउने र कतिपय राजनीतिक दलका नेताले आफ्नो क्षणिक स्वार्थका निम्ति त्यस्ता कुरालाई बढावा दिने गरेको देखिएको ज्ञवालीले बताए । 'त्यो प्रवृत्ति किमार्थ उचित होइन, त्यस्तो अराजक प्रचारले कसैलाई लाभ दिँदैन,’ उनले भने ।
एमाले सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु सफलता भएको पनि निष्कर्ष निकालेको छ ।

‘प्रधानमन्त्रीको हालै सम्पन्न चीन भ्रमण, त्यसमा भएको सम्झौता, त्यसले नेपाल-चीन सम्बन्धमा पार्ने प्रभावको बारेमा समीक्षा गरेका छौँ । भ्रमण निकै सफल भएको निस्कर्ष निकालेका छौँ । अन्य सम्झौताका अतिरिक्त बिआरआईमा जुन सम्झौता भएको छ, त्यो नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि हो भन्ने बैठकले निस्कर्ष निकालेको छ,' ज्ञवालीले भने, 'सत्तामा रहेका प्रमुख पार्टीहरूको बीचमा जुन ढंगको समझदारी बनेको छ, यसले बिआरआईलाई निस्कर्षमा पुर्‍याउन त सहयोग गरेको छ नै भोलिका दिनमा परराष्ट्र नीति र बाह्य सम्बन्ध सञ्चालन गर्दा एउटा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको छ ।'


ओलीको चीन भ्रमण निक्कै सफल रहेको भन्दै पार्टीले धन्यवाद ज्ञापन गरेको ज्ञवालीले जानकारी दिए । सहमति कार्यान्वयनमा दुवै देशले सक्रिय हुनुपर्ने पनि एमालेको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने कम्पनीलाई मुनाफा बाहिर लैजाने क्रममा सरकारले अवरोध गर्दा वैदेशिक लगानी नआएको बताएका छन् । सरकारको नीतिका कारण विदेशी कम्पनी नेपालमा लगानी गर्न डराइरहेको थापाको भनाइ थियो । मानवअधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा महामन्त्री थापाले नेपालमा लगानीमैत्री वातावरण बनाउन नसकिएको बताए । 'नेपालमा अहिले ...
— प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । भन्सार छलीको गाडी निर्वाधरूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकालाई मंगलबार सार्वजनिक गरेको छ । सो प्रकरणमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४३ वर्षीय चिरञ्जीवि ...
: प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास,बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। यसैगरी प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् ...
— रुपन्देहीमा १८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको साविक सिलौटिया गाविस वडा नं. ६ हाल मर्चवारी गाउँपालिका ५ लक्ष्मीपुर बस्ने खड्ग भन्ने पुजारी यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । २०६४ असार १२ गते अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायको फौसला सुनाएको थियो । यादवलाई इलाका प्रहरी कार्यालय ...
— मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी–७, मनहरी बजारबाट ९ किलो ८५० ग्राम लागूऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४, झ्याकेका ५२ वर्षीय प्रतापसिं मोक्तान र उउनकी पत्नी ५० वर्षीया राममाया मोक्तान छन् । मकवानपुर जिल्ला अदालतबाट ८ दिनको ...