मुख्य समाचार
मन्त्रालयको क्षेत्राधिकार विवादले कार्यान्वयनमै आउन सकेन अनलाइन बाल सुरक्षा कार्यविधि
मन्त्रालयको क्षेत्राधिकार विवादले कार्यान्वयनमै आउन सकेन अनलाइन बाल सुरक्षा कार्यविधि

— सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच क्षेत्राधिकारको विषय उठेपछि तीन वर्षअघि नै तर्जुमा भएको अनलाइन बाल सुरक्षा कार्यविधि, २०७८ कार्यान्वयनमा आउन सकेको छैन ।




सञ्चार मन्त्रालयले अनलाइन जोडिएको विषयमा आफ्नो दाबी पेश गर्दै सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा नै बालबालिकाको सुरक्षाको विषय पनि समावेश गर्ने जनाएपछि महिला, बालबालिका मन्त्रालयले कार्यविधि स्वीकृत नगरी थन्काएर राखेको छ ।


उक्त्त कार्यविधिको मस्यौदामा निकै छलफल भए पनि मन्त्रालयले यसलाई स्वीकृत नगरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण तथा विकास शाखाका उपसचिव दीपक ढकालले बताए । ‘मन्त्रालयमा थुप्रै कानुनहरू पाइपलाइनमा भएकाले पनि यो रोकिएको हो,’ उनले भने, ‘अहिले फेरि चर्चा शुरु भएको छ, मन्त्रालयले यसलाई अगाडी बढाउँछ ।’

सो कार्यविधिको मस्यौदा बनाउने कार्यमा संलग्न बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले प्रस्तावित कार्यविधिमा मूलत: बाल सशक्तिकरण, अनलाइन उजुरी प्रणाली स्थापना र इन्टरनेट सेवा प्रदायकहरूलाई बालबालिको सुरक्षाप्रति संस्थागत उत्तरदायित्व बोध गराउने विषय समावेश थिए । हाल बाल श्रम विरुद्धको विश्वयात्राका दक्षिण एसियाली अध्यक्षका रूपमा सक्रिय धरेलले यो कार्यान्वयनमा आएको भए बालबालिकाको डिजिटल सशक्तीकरण र अनलाइन उजुरी प्रणाली सुरु भइसक्थ्यो ।

सञ्चार मन्त्रालयले सार्वजनिक गरेको सामाजिक सञ्जालसम्बन्धी कानुनको मस्यौदामा बालबालिकासम्बन्धी विशिष्ट प्रावधान समावेश गरिएको छैन । ‘हामीले प्रविधिलाई नियमन गर्ने उद्देश्यले नभई अभिभावक र इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई जिम्मेवार बनाउने हिसाबले अनलाइन बाल सुरक्षा कार्यविधि तर्जुमा गरेका थियौं,’ धरेलले भने, ‘बालबालिका सम्बन्धी ऐनको दफा ५७ ले अनिवार्य गरेको बालसंरक्षण मापदण्ड निर्माणलाई ध्यानमा राखेर कार्यविधि बनाइएको थियो तर दुर्भाग्यवश यो लागू हुन सकेको छैन ।’

दफा ५७ मा विद्यालय, बालबालिकासँग प्रत्यक्ष काम गर्ने प्रत्येक सार्वजनिक निकाय तथा निजी क्षेत्र एवं सामाजिक संस्थाहरूले बालबालिका विरुद्धको हिंसा वा बाल यौन दुर्व्यवहारको रोकथाम गर्न, बालबालिकाको संरक्षण सुनिश्चित गर्न र उजुरीको तत्काल कारबाही गर्नका लागि संस्थागत तहमा बालसंरक्षण मापदण्ड निर्माण गरी लागू गर्नुपर्ने उल्लेख छ । साथै, उक्त मापदण्ड कार्यान्वयन गर्नु विद्यालय, प्रत्येक सार्वजनिक निकाय तथा निजी क्षेत्र एवं सामाजिक संस्थाको प्रमुख दायित्व हुने स्पष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय परिचयपत्रको सिस्टम नचलदा सेवाग्राहीले हैरानी पाएका छन् । २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आइरहेको छ । एक साता बित्दा समेत उक्त समस्या हल नहुँदा सेवाग्राही मार्कामा परेका छन् । नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले समस्या हल गर्न निरन्तर लागिरहेको बताएका छन् । ‘सिस्टममा समस्या आएपछि त्यसको सामाधानका ...
गुगल अन्तर्गतको फिटबिटले आफ्नो अहिलेसम्मकै सानो र हलुका वेयरेबल डिभाइस ‘फिटबिट एयर’ सार्वजनिक गरेको छ। धेरै मानिसहरूलाई स्मार्टवाच भारी र जटिल लाग्ने समस्यालाई सम्बोधन गर्न यो डिभाइस डिजाइन गरिएको हो । मे ७, २०२६ मा सार्वजनिक गरिएको यो डिभाइस विशेषगरी ती प्रयोगकर्ताहरूका लागि लक्षित छ जो २४सै घण्टा बिना कुनै अवरोध आफ्नो स्वास्थ्य ट्र्याक गर्न चाहन्छन् ...
पेपालले आफ्नो व्यवसायलाई तीनवटा सञ्चालन इकाईहरूमा पुनर्गठन गर्ने घोषणा गरेको छ, जसमा लोकप्रिय भुक्तानी एप ‘भेन्मो’ का लागि छुट्टै विभाग समावेश गरिएको छ। नयाँ सीईओ इन्रिके लोरेसले कम्पनीको संरचनालाई सरल बनाउन र वृद्धिमा बढी केन्द्रित हुन यो कदम चालेका हुन्। भेन्मोलाई छुट्टै खण्ड बनाउँदा यसको कार्यसम्पादन ट्र्याक गर्न सजिलो हुने र भविष्यमा यस व्यवसायलाई बिक्री गर्न ...
। अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले हालै सार्वजनिक गरेको एक अध्ययनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटहरूको बढ्दो लोकप्रियतासँगै एउटा गम्भीर जोखिमलाई सतहमा ल्याएको छ। अनुसन्धानकर्ताहरूका अनुसार, च्याटबोटहरूलाई जति धेरै मिलनसार, न्यानो र सहानुभूतिपूर्ण बनाउने कोसिस गरिन्छ, तिनीहरूले त्यति नै धेरै गल्ती गर्ने र प्रयोगकर्ताका गलत एवं भ्रामक धारणालाई समर्थन गर्ने सम्भावना बढेर जान्छ । ‘नेचर’ जर्नलमा प्रकाशित यस ...
: राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए। अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ। तथ्यांक एकीकरणपछि जन्मदर्ता, विवाह ...