मुख्य समाचार
काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा
काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा

: जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो। जनकपुर प्लेअफ पुग्ने पहिलो टिम बनेको हो।


टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाउँदै गुर्खाजलाई ५ विकेटले जितेको हो।

जनकपुरका लागि जेम्स निशामले सर्वाधिक २७ रन बनाए। उनले १७ बलमा १ चौका र ३ छक्का हाने। पावरप्लेमा दुई ओपनरलाई गुमाउँदै २४ रन बनाएको छ।


जनकपुरले पहिलो विकेटका रूपमा ४.३ मा ओपनर लाहिरु मिलान्था विकेट किपर राजु रिजालबाट क्याच आउट भए। उनले २० बलमा २ चौकासहित १६ रन बनाए। दोस्रो विकेटका रूपमा ओपनर आसिफ शेख ९ बलमा जम्मा २ रन बनाउँदै गेरहार्ड इरास्मासको हातमा टियू एण्डमा क्याच भए।

तेस्रो विकेट जनकपुरका कप्तान अनिल शाहको रह्यो। उनलाई काठमाडौंका स्पिनर दीपेश कँडेलले एलबीडब्ल्यु आउट गरे। उनी ८.२ ओभरमा ११ रन बनाउँदै बाहिरिए। चौथो विकेट साहब आलमले शुम कन्साकरको लिए। उनले ७ बलमा १ चौकासहित ५ रन बनाएका थिए। उनी दीपेश कँडेलको हातमा क्याच भए।

पाँचौं विकेटको रूपमा जनकपुरले निशामलाई गुमायो। हर्ष थाकर २५ रन र मोहम्मद मोसिन १३ रनमा अविजित रहे।

काठमाडौंका लागि करण केसीले २ विकेट लिए। साहब आलम, दीपेश कँडेल र गेरहार्ड इरास्मसले समान १/१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको हो।

काठमाडौंका लागि गेरहार्ड इरास्मस सर्वाधिक २० रन बनाए। उनले २२ बलमा २ चौका प्रहार गरे। काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३५ रन बनाएको थियो। १० ओभरमा ४ विकेट गुमाउँदै ५४ रन बनाएको थियो। त्यसपछि मिडलअर्डर भने काठमाडौंको कोल्याप्स भयो।

अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न नसक्दा कप्तान करण केसीले १३ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाउँदै शेर मल्लको बलमा विकेटकिपर लाहिरु मिलान्थाबाट स्टम्पिङ आउट भए। जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। उनले प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा अग्रस्थानमा रहेका छन्। त्यस्तै शेर मल्लले पनि आजको खेलमा ३ विकेट लिए। मोहम्मद मोसिनले २ विकेट लिँदा किशोर महतो र अरनिको यादवले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...