मुख्य समाचार
साउदी अरबलाई २०३४ को विश्वकप आयोजक राष्ट्र घोषणा
साउदी अरबलाई २०३४ को विश्वकप आयोजक राष्ट्र घोषणा

— नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरबलाई फिफाले १० वर्षपछि हुने विश्वकप पुरुष फुटबल–२०३४ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ ।


बुधबार फिफा मुख्यालयमा भएको मतदानमा साउदी एक्लैले विश्वकप खेलाउने जिम्मेवारी पाएको हो । यो विश्वकप साउदीको उत्तराधिकारीसमेत रहेका प्रधानमन्त्री मोहम्मद विन सलमानको साउदीलाई ‘वैश्विक लगानी केन्द्र’को रुपमा स्थापित गर्ने २०३० को लक्ष्यसँग जोडिएको छ । साउदीले यो जिम्मेवारीलाई ऐतिहासिक उपलब्धिको रुपमा ग्रहण गरेको छ ।


साउदीले यो परियोजनाका लागि १० औं अर्ब डलर लगानी गर्ने बताएको छ । फिफाले दुई हप्ता अगाडि सार्वजनिक गरेको मूल्यांकनमा साउदीको प्रस्तावलाई इतिहासमा सबैभन्दा बढी ५ मा ४.२ नम्बर दिएको थियो । यसलाई फिफाले आउँदो शताब्दीको लागि एक अद्वितीय, नविन र महत्वाकांक्षी दृष्टिकोण भनेको छ ।

२०३४ मा साउदी अरबले विश्वकप फुटबल खेलाउने जिम्मेवारी पाएको फिफाको घोषणले साउदी अरबका आफ्ना नागरिकमा मात्रै खुसीको उत्सव छाएको छैन । यो उत्सवमा साउदी अरबको विकासमा योगदान पुर्‍याउन गएका एक करोड ३४ लाख आप्रवासी श्रमिक पनि जोडिन पुगेको छ । आप्रवासीको यो संख्या साउदीको कुल जनसंख्याको ४२ प्रतिशत हिस्सा हो । जसमा साउदीमा ४ लाख नेपाली कार्यरत छन् ।

साउदीले आउँदो विश्वकपको लागि आफ्ना प्रमुख सहर रियाद, जेद्दा, अलखोवर, अभा र नियोमका तीन वटा रंगशालालाई स्तरीकरण गर्नेसहित थप भव्य ११ वटा बृहत् रंगशाला निर्माणको योजना बनाएको छ । त्यस्तै एक लाख ८५ वटा होटलका कोठाहरु, विमानस्थल, सडक, रेल सहितका आधुनिक पूर्वाधारहरुको निर्माणसँग सम्बन्धी आयोजनाहरु अगाडि बढाइएको छ । साउदीले विश्वकपलाई नै लक्ष्य गरी बृहत् राष्ट्रिय परियोजनाको निर्माण अगाडि बढाइसकेको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले भने साउदीमा कार्यरत आप्रवासी श्रमिकको कमजोर मानव अधिकार र रक्षासँग जोडिएको विषयमा अर्थपूर्ण रुपमा सम्बोधन नगरी साउदीलाई विश्वकप दिइएको भन्दै साउदी र फिफाको कडा आलोचना गरेका छन् ।

एम्नेष्टी इन्टरनेसनल, हृयुमन राइट्स वाच, इक्वीडेम, फेयर स्क्वाएर लगायतका संस्थाले फिफालाई मानवअधिकारको गम्भिरतालाई नजरअन्दाज गरिएको बताएका छन् । ‘कुन देशमा विश्वकप आयोजना गर्ने भन्ने निर्णय गर्नुअघि फिफाले त्यस देशमा मानव अधिकारको अवस्था कस्तो छ र विश्वकप परियोजनामा काम गर्ने श्रमिकहरुका अधिकारको अवस्था कस्तो रहन्छ भनी बढो मिहीन हिसाबले मूल्यांकन गर्नु पर्दथ्यो र आयोजक राष्ट्र तथा फिफा दुवैले श्रमिकको संरक्षणको पूर्ण व्यवस्था सुनिश्चित गर्नु पर्दथ्यो,’ इक्वीडेमका अनुसन्धान विभागका प्रमुख रामेश्वर नेपालले कान्तिपुरलाई भने, ‘तर दशकौंदेखि नेपाली लगायतका आप्रवासी श्रमिकहरुउपर चरम शोषण, बाध्यकारी श्रम र वैयक्तिक स्वतन्त्रतामा नियन्त्रण लगायतका मानवअधिकार हनन् हुँदै आइरहेको साउदीमै विश्वकप आयोजना गर्ने निर्णय गरेबाट फिफाले मानवअधिकारसम्बन्धी उसको मापदण्डहरुको स्पष्ट बेवास्ता गरेको छ । जसले विश्वकपका परियोजनाहरुमा काम गर्ने श्रमिकहरु थप जोखिममा पर्ने देखिन्छ ।’


पछिल्लो १० वर्षमा साउदीमा मात्रै १३ लाख ५२ हजार ८ सय जनाले श्रम गरिसकेका थिए । जसमा श्रमिक १ लाख ११ हजार महिला छन् । कोभिडपछि ओरोलो लागिरहेको वैदेशिक रोजगारीको क्षेत्रमा साउदीले भने थप अवसर दिँदै आएको छ । गत वर्षमात्रै ८ सय महिलासहित एक लाख ४८ हजार जना गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...