मुख्य समाचार
सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने
सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने

— अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने बुधबार निर्णय गरेको छ । यस्तै सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने भएको छ ।


सन् २०३० को विश्वकपका तीन खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन् । विश्वकप आयोजनामा सय वर्ष पुगेको अवसरमा यी तीन देशमा तीन खेल हुन लागेको हो ।


फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले विश्वका दुई संस्करणको आयोजकबारे मतदानको मद्दतले निर्णय गरेको हो । सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो विश्वकप आयोजना गर्न लागेका हुन् ।

फिफाले पछिल्लो समय विश्वकपका प्रत्येक संस्करण फरक-फरक महादेशमा गर्ने निर्णय गरेको थियो । यस्तोमा सन् २०३४ को विश्वकप एसियामा हुने क्रममा थियो र साउदी अरेबियाले मात्रै त्यसको आयोजनाका लागि दाबेदारी पेस गरेको थियो ।

सन् २०२२ को विश्वकप अर्को एसियाली देश कतारमै भएको थियो । पछिल्लो समय साउदी अरेबियाले विश्व खेलकुदमा आफ्नो वर्चश्व बनाउन ठूलो लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...