मुख्य समाचार
अफगानिस्तानमा आत्मघाती आक्रमण, मन्त्रीसहित ४ अंगरक्षकको मृत्यु
अफगानिस्तानमा आत्मघाती आक्रमण, मन्त्रीसहित ४ अंगरक्षकको मृत्यु

: अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको आत्मघाती आक्रमणमा तालिवानका शरणार्थी मन्त्री खलील रहमान हक्कानीको मृत्यु भएको छ। हक्कानी प्रार्थनाका लागि बाहिर निस्केका बेला शरणार्थी मन्त्रालयमा आक्रमण भएको थियो। जसमा चार अंगरक्षकको पनि मृत्यु भएको थियो।


आक्रमणको समयको बारेमा हालसम्म जानकारी प्राप्त भएको छैन। समाचार एजेन्सी रोयटर्सका अनुसार खलील हक्कानीका भतिजा अनस हक्कानीले काकाको मृत्यु भएको पुष्टि गरेका छन्। हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन। तर, केही मिडिया रिपोर्टहरूमा आतंकवादी समूह आइएसआइएस-के माथि शंका गरेको छ।

आइएसआइएस-के को पूरा नाम इस्लामिक स्टेट खोरासान हो। यो सिरिया र इराकमा सक्रिय आतंकवादी समूह आइएसआइएसको क्षेत्रीय शाखा हो। आइएसआइएस-के को नाम उत्तरपूर्वी इरान, दक्षिणी तुर्कमेनिस्तान र उत्तरी अफगानिस्तान सम्मिलित क्षेत्रबाट राखिएको हो।


खलील हक्कानी अफगानिस्तानमा हक्कानी नेटवर्कका प्रमुख नेताहरूमध्ये एक थिए। उनी तालिबानका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका थिए। अमेरिकाले खलिललाई विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो। यसमा ५० लाख डलर पुरस्कार पनि राखिएको थियो।

हक्कानी नेटवर्क र अफगान तालिबानबीच निकै राम्रो सम्बन्ध छ। सन् २०२१ मा अफगानिस्तानमा कु’ भएदेखि अफगान तालिबान र हक्कानी नेटवर्कले मिलेर सरकार चलाइरहेका छन्। तालिबान सरकारका धेरै महत्त्वपूर्ण मन्त्रालयहरू हक्कानी नेटवर्कका मानिसहरूको नियन्त्रणमा छन्।

हक्कानी नेटवर्क तालिवानको एउटा आतंकवादी समूह हो। यो अफगानिस्तान र पाकिस्तानमा फैलिएको छ। विगत दुई दशकमा हक्कानी नेटवर्कले अफगानिस्तानमा धेरै हमला गरेको छ। सन् २०१२ मा अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको थियो। संयुक्त राष्ट्र संघले पनि यस संस्थालाई प्रतिबन्ध लगाएको छ। हक्कानी नेटवर्क आतंकवादी हमलाहरूमा तथा आत्मघाती बमवर्षा गर्ने समुह भनेर परिचित छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...