मुख्य समाचार
नुवाकोटमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
नुवाकोटमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

— यहाँको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेबेँसीमा बुधबार टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।


टिपरको ठक्करबाट किस्पाङ–४ साल्मे निवासी टासी घलेको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि निर्माण सामग्री बोकेको टिपरको ठक्करले ४८ वर्षीय घलेको घटनास्थलमै निधन भएको हो ।


ठक्कर दिने वाग्मती प्रदेश ३–०१–००३ क ७१८७ नं को टिपरमा स्थानीयले क्षति पुर्‍याएका छन् । घटनापश्चात् चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा स्थानीयले दोषी चालकलाई पक्राउ गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिँदै शव उठाउन अवरोध पुर्‍याएका थिए । पीडितको मागअनुसार दोषीलाई कारबाही र क्षतिपूर्तिका लागि कानुनअनुसार अघि बढ्ने सहमतिपश्चात् साँझ ८ बजे शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने र आगामी वर्षदेखि शुल्क नउठाउने निर्णय गरेको छ । यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने र शुल्क पनि उठाउने गरिएको थियो । ‘अब रजिस्ट्रेशन ९ कक्षामा मात्र हुन्छ । ११ मा नगर्ने निर्णय भएको छ । राजश्व मिनाहाका लागि अर्थ ...
। सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन् । संसद सरकार जन्माउने आमा भएको उल्लेख गर्दै सभामुख घिमिरेले जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन् । संघीय संसद् सचिवालयले नगरकोटमा गरेको एक कार्यक्रममा बोल्ने क्रममा सभामुख घिमिरेले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई ...
। सत्तारुढ दल नेकपा एमालेले सहकारी ऐन–२०७४ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार बसेको पार्टी सचिवालय बैठकले उक्त अध्यादेश चाँडै जारी गराउन ध्यानाकर्षण गराइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश पारित गरेको थियो । ‘…अध्यादेशले सहकारीको सन्दर्भमा संसदीय छानबिन समितिले दिएको सिफारिस अनुसार ...
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अनुशासनको व्याख्या गर्न एआईको सहारा लिएका छन् । एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ भने स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गरेको छ । पार्टी निर्णयको बचाऊ गर्दै महासचिव पोखरेलले पार्टी अनुशासन बारे एआईको धारणा ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुने बताए । ‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एकपछि अर्को समस्या उधिनिदैछ’, मन्त्री गुरूङले भने । फरक प्रसँगमा मन्त्री गुरूङले एआईको प्रयोग सम्बन्धी नीति ल्याउने तयारीबारे ...