मुख्य समाचार
साउदी अरबियाले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ६ जना नेपालीको कामदार भिषा रद्द
साउदी अरबियाले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ६ जना नेपालीको कामदार भिषा रद्द

: साउदी अरबियाले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ६ जना नेपालीको कामदार भिषा रद्द गरेको छ। शेरबहादुर थापा क्षेत्री,अखिल चौधरी ,अमर थापा,हरिबहादुर भाग्री,विनोद मुक्तान,रुपेश साह कानुलाई त्यहाँको अध्यागमनले भिषा रद्द गरी निष्काशित गरेको हो।


त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेपछि पक्राउ गरी उनीहरूलाई नेपाल फिर्ता पठाएको स्रोतले जनाएको छ। तर, उनीहरूले के-कस्तो कानुन उल्लंघन गरे भन्नेबारे खुलेको छैन। उनीहरू श्रमस्वीकृति लिएर त्यहाँ काम गर्न गएका थिए। तर, त्यहाँको अध्यागमनले कामदार भीसा रद्द गरी नेपाल फर्काएको जनाएको छ।

यसैगरी अध्यागमन कानुन उल्लंघन गरेको भन्दै कतारले पनि दुईजना नेपालीलाई निष्काशित गरेको छ। भीमबहादुर दोङ र रविकुमार श्रेष्ठलाई त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको भन्दै नेपाल फिर्ता पठाएको हो।


स्रोतका अनुसार उनीहरू कतार एयरबाट मंगलबार काठमाडौं आएका हुन्। पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएका नेपाली त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्काशित हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन), २०८१’, ...
: राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन्। सरकारले सिफारिस गरेका चार अध्यादेशहरू राष्ट्रपति पौडेलले सोमबार जारी गरेका हुन्। जसमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संसोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार ...
— पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्रकार्य सम्पन्न भएको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उनका अनुसार पहिलो ...
: काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। थप विवरण आउन बाँकी छ।
: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आइपुगेका छन्। माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औं पुरुष र ७औं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड सोमबार साँझ सुकुटे आइपुगेका हुन्। प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन्। प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गर्नेछ ...