मुख्य समाचार
बुल्गेरिया, रोमानियालाई सेन्जेन क्षेत्रको पूर्ण सदस्यको मान्यता
बुल्गेरिया, रोमानियालाई सेन्जेन क्षेत्रको पूर्ण सदस्यको मान्यता

: यम युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको सुरुदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन्। ‘बुल्गेरिया र रोमानियालाई स्वागत गर्न पाउनु ऐतिहासिक क्षण हो,’ हंगेरीका गृहमन्त्री स्यान्डर पिन्टरले भने। सन् २००७ देखि युरोपेली संघका सदस्य रहेका यी दुई देशलाई मार्चमा आंशिक रूपमा स्वतन्त्र आवागमन क्षेत्रमा जोडिएको थियो, जसले सीमा जाँचबिना हवाई र समुद्री यात्रा खुला गरेको थियो।

यद्यपि, अस्ट्रियाले आप्रवासनको चिन्तालाई लिएर आफ्नो मुलुकमा पूर्ण प्रवेशमा रोक लगाएको थियो र यसले गर्दा स्वतन्त्र रूपमा आवतजावतमा समस्या रहेको थियो। भियनाले सोमबार ईयूका मन्त्रीहरूको बिहीबारको बैठकमा आफ्नो भिटो प्रयोग नगर्ने घोषणा गरेको छ, जसले जनवरी १, २०२५ देखि दुवैलाई पूर्ण सदस्य बन्ने मार्ग प्रशस्त गरेको छ।

बुखारेस्ट र सोफियाले सन् २०१० मा ब्रसेल्सले तोकेका सबै प्राविधिक मापदण्ड पूरा गरेका थिए तर विभिन्न सदस्य राष्ट्रहरूले उनीहरूको प्रवेशमा अवरोध गरेपछि सेन्जेन क्षेत्रमा सामेल हुन एक दशकभन्दा बढी समय पर्खिनु परेको थियो।


सन् २०२२ देखि अस्ट्रियाले उनीहरूको आवेदन रोकेको छ, जसले वर्षौंदेखि असुरक्षित बाह्य सेन्जेन सीमाहरूको परिणाम स्वरूप कागजातविहीन आप्रवासीहरूको असमान संख्याको होस्टिंगका बारेमा गुनासो गर्दै आएको थिए। बुडापेस्टमा तीन देशले ‘सीमा सुरक्षा प्याकेज’ सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रियाले आफ्नो आपत्ति फिर्ता लिएको थियो। सम्झौतामा बुल्गेरियाली–टर्की सीमामा संयुक्त रूपमा सीमा रक्षकको तैनाथी र स्थलमार्गमा अस्थायी सीमा नियन्त्रणको प्रारम्भिक अवधि छ महिनाका लागि हुने अस्ट्रियाका गृहमन्त्री गेरहार्ड कार्नरले बताएका छन्।

सन् १९८५ मा स्थापना भएको सेन्जेन जोनमा हाल २९ सदस्य रहेका छन् जसमा युरोपेली संघका २७ सदस्य राष्ट्रमध्ये २५ का साथै स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड र लिचेन्स्टाइन छन्। यो आन्तरिक सीमा नियन्त्रण बिना विश्वको सबैभन्दा ठूलो क्षेत्र हो, जहाँ ४० करोडभन्दा बढी मानिस यस क्षेत्रभित्र स्वतन्त्र रूपमा यात्रा गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
केही दिनदेखि जारी द्वन्द्वपछि थाइल्याण्ड र कम्बोडियाबीच फेरि युद्धविराम सम्झौता भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशले युद्धविराममा हस्ताक्षर गरेका छन्। कम्बोडियाली रक्षा मन्त्रालयले यो सम्झौताको घोषणा गरेको छ। हालै भएका झडपहरूमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो। थाइल्याण्ड-कम्बोडिया सीमा विवादबाट प्रभावित क्षेत्रमा हिन्दू देवताहरूको मूर्तिहरू पनि तोडफोड गरिएको थियो। जुलाईमा युद्धविराममा सहमति जनाएपछि थाइल्याण्ड ...
उत्तरी इजरायलमा भएको आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको छ। इजरायली प्रहरीका अनुसार आक्रमणकारीले पूर्वी शहर बेइत शेआनमा कारले एक पैदलयात्रीलाई ठक्कर दिएका थिए। त्यसपछि आइन हारोद नजिकै लगभग १२ किलोमिटर टाढा एक महिलालाई छुरा प्रहार गरे। संदिग्ध व्यक्तिलाई अफुला शहर बाहिर एक नागरिकले गोली हानी घाइते बनाएका प्रहरीले जनाएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमणका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा चरमपन्थी इस्लामिक (स्टेट आईएस) समूहविरुद्ध अमेरिकाले 'शक्तिशाली र घातक हमला'सुरु गरेको दाबी गरेका छन्। आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा पोस्ट गर्दै ट्रम्पले आईएसलाई 'आतंकवादी फोहोर'को संज्ञा दिँदै उक्त समूहले 'मुख्यतः निर्दोष इसाइहरूलाई लक्षित गरी क्रूर रूपमा हत्या गर्दै आएको'आरोप लगाएका छन्। उनका अनुसार अमेरिकी सेनाले आईएसविरुद्ध 'धेरै सटीक ...
: पाकिस्तानको संकटग्रस्त राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) अन्ततः निजीकरणतर्फ अघि बढेको छ। बिहीबार पाकिस्तान सेनाको स्वामित्वमा रहेको फौजी फर्टिलाइजर कम्पनी (एफएफसी) ले निजी अरिफ हबिब कन्सोर्टियम (एएचसी)सँग साझेदारीमा सहभागी हुने घोषणा गरेको छ। एएचसीले मंगलबार पीआईएको ७५ प्रतिशत सेयरका लागि ४८ करोड अमेरिकी डलर (करिब १३ हजार ५ सय करोड पाकिस्तानी रुपैयाँ) को ...
: अमेरिकाको क्यालिफोर्निया राज्यमा भारी वर्षा र बाढीका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार राज्यका ठूलो भू–भागमा आएको भीषण वर्षाले बाढी र पहिरो निम्त्याएको हो। मौसम विभागले आँधीबेहरी र वर्षा शुक्रबारसम्म जारी रहने पूर्वानुमान गरेको छ। लस एन्जलस काउन्टीका केही क्षेत्रमा २७ सेन्टिमिटरसम्म वर्षा भएको जनाइएको छ। भारी वर्षाका कारण बस्तीहरू जोखिममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम