मुख्य समाचार
लाजियोले युरोपा लिगमा आयाक्सलाई ३–१ ले हराए
लाजियोले युरोपा लिगमा आयाक्सलाई ३–१ ले हराए

— लाजियोले युरोपा लिगमा आयाक्सलाई सजिलै ३–१ ले हराएको छ । यस जितसँगै लाजियो छ खेलबाट १६ अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा रह्यो । एथलेटिको बिलबाओ समान १६ अंकमा दोस्रो स्थानमा छ ।


लाजियो गोल अन्तरले अगाडि रह्यो । आयाक्समा लाजियोका लागि लोम टी चाउना, फिसायो डेले बासिरु र पेड्रोले गोल गरे । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिताको अंक तालिकाको तेस्रो स्थानमा रहेको एन्डरलेटले भने स्लाभिया प्रागमाथि २–१ को जित रच्यो ।


अन्य प्रमुख खेलमा म्यानचेस्टर युनाइटेडले भिक्टोरिया प्लाजेनलाई २–१ ले हरायो । यस्तै अर्को इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले भने रेन्जर्ससँग निराशाजनक १–१ को बराबरी खेल्यो ।

युरोपका तेस्रो ठूलो प्रतियोगिता युरोपा कन्फ्रेन्स लिगको बिहीबार नै भएको खेलमा चेल्सीले भने लगातार पाँचौं जितका लागि एफसी एस्टानालाई ३–१ हरायो । चेल्सीको पाँच खेलबाट अधिक्तम १५ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...