मुख्य समाचार
लाजियोले युरोपा लिगमा आयाक्सलाई ३–१ ले हराए
लाजियोले युरोपा लिगमा आयाक्सलाई ३–१ ले हराए

— लाजियोले युरोपा लिगमा आयाक्सलाई सजिलै ३–१ ले हराएको छ । यस जितसँगै लाजियो छ खेलबाट १६ अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा रह्यो । एथलेटिको बिलबाओ समान १६ अंकमा दोस्रो स्थानमा छ ।


लाजियो गोल अन्तरले अगाडि रह्यो । आयाक्समा लाजियोका लागि लोम टी चाउना, फिसायो डेले बासिरु र पेड्रोले गोल गरे । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिताको अंक तालिकाको तेस्रो स्थानमा रहेको एन्डरलेटले भने स्लाभिया प्रागमाथि २–१ को जित रच्यो ।


अन्य प्रमुख खेलमा म्यानचेस्टर युनाइटेडले भिक्टोरिया प्लाजेनलाई २–१ ले हरायो । यस्तै अर्को इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले भने रेन्जर्ससँग निराशाजनक १–१ को बराबरी खेल्यो ।

युरोपका तेस्रो ठूलो प्रतियोगिता युरोपा कन्फ्रेन्स लिगको बिहीबार नै भएको खेलमा चेल्सीले भने लगातार पाँचौं जितका लागि एफसी एस्टानालाई ३–१ हरायो । चेल्सीको पाँच खेलबाट अधिक्तम १५ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...