मुख्य समाचार
बायरो बने फ्रान्सका नयाँ प्रधानमन्त्री
बायरो बने फ्रान्सका नयाँ प्रधानमन्त्री

। फ्रान्सले राष्ट्रपति इम्मानुयल म्याक्रोँका विश्वासपात्र ७३ वर्षीय फ्रास्वाँ बायरोलाई नयाँ प्रधानमन्त्रीका रुपमा पाएको छ ।

मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री थिए । फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् । यसै अस्थिरताको क्रममा आएका बायरो चौथो प्रधानमन्त्री हुन् । यसअघिका प्रधानमन्त्री मिशेल बार्नियर अघिल्लो साता राजीनामा दिन बाध्य भएका थिए ।

दक्षिण पश्चिमी फ्रान्सबाट निर्वाचित हुने गरेका बायरो आफूलाई ‘गाउँको मान्छे’ भनेर चिनाउन मन पराउँछन् । पोहोरसम्म प्रधानमन्त्री रहेका ग्याब्रियल अटल बायरोलाई समन्वय र सम्झौता गर्न सक्ने विनयशील व्यक्ति भनी चित्रित गर्छन् ।

यसअघि फ्रान्सको संसदमा बहुमत देखाउन कठिन भएपछि राष्ट्रपति म्याक्रोंले चुनाव घोषणा गरेका थिए । तर त्यो निर्णय चरम विवादमा परेको थियो । अनि राजनीतिक संकट सुरु भएको थियो । त्यसै क्रममा उनका प्रधानमन्त्रीहरूले पालैपालो राजीनामा दिनु परिरहेको थियो ।



वामपन्थी र दक्षिणपन्थीहरुको टकरावमा बीचको बाटो समाउन खोजिरहेका राष्ट्रपति म्याक्रों फ्रान्समा थप अलोकप्रिय बन्दै जाँदा प्रधानमन्त्री बायरोको नियुक्तिले उनलाई सहज हुन सक्ने द गार्डियनले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्लोरिडामा भएको भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘शानदार’ भनेका छन् । जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ । ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय पनि करिब ९५ प्रतिशतसम्म टुंगिएको बताएका छन्। तर अमेरिकी राष्ट्रपतिले ‘एक–दुई अत्यन्तै जटिल विषय’ अझै बाँकी रहेको पनि बताएका ...
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक बल प्रयोगबाट रुसले युक्रेनमा लक्ष्य हासिल गर्ने चेतावनी दिएका छन् । ।शनिबार रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि युद्धको शान्तिपूर्ण निकासमा युक्रेनले चासो नदिएको आरोप उनले लगाए । 'युक्रेनलाई शान्तिपूर्ण निकासमा हतार भएजस्तो देखिन्‍न, ' राष्ट्रपति पुटिनले भने, 'यदि किभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै ...
— बुल्गेरियाले बिहीबारदेखि युरो मुद्रा प्रयोगमा ल्याउँदैछ । तर यस कदमप्रति देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ । धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् । युरोपेली युनियनकै गरिब राज्यका रुपमा चिनिने बुल्गेरिया युरो प्रयोगमा ल्याउने २१ औं राष्ट्र हो । यस वर्ष ‘बुल्गेरियाली लेभ ...
— मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई सम्पत्ति शुद्धिकरणसँग जोडिएको मुद्दामा अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । शुक्रबार क्वालालम्पुर उच्च अदालतले फैसला सुनाएको हो । ७२ वर्षीय नाजिब शक्ति दुरुपयोगको चार वटा तथा सम्पत्ति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर भएका हुन् । अभियोजकहरूले नाजिबमाथि एक दशकभन्दा बढी समयअघि प्रधानमन्त्री, अर्थमन्त्री र वान एमडीबी सल्लाहकार ...