मुख्य समाचार
पपस्टार एड सिरनले दक्षिण एसियाली मुलुक भुटानमा कन्सर्ट गर्ने
पपस्टार एड सिरनले दक्षिण एसियाली मुलुक भुटानमा कन्सर्ट गर्ने

। पपस्टार एड सिरनले दक्षिण एसियाली मुलुक भुटानमा कन्सर्ट गर्ने भएका छन् । राजधानी थिम्पुमा २५ जनवरी, २०२५ मा सांगीतिक प्रस्तुति दिन लागेको जनाइएको छ ।

यो कन्सर्ट भुटानमा हुन लागेको पहिलो अहिलेसम्मकै भव्य कन्सर्ट हुने जनाइएको छ । भुटानको चाङ्लीमिथाङ रंगशालामा हुने कन्सर्टको सबैभन्दा सस्तो टिकट शुल्क १० डलर तोकिएको छ ।

सिरनको टूरको भेन्युमा भुटानसहित भारतको सिलोङ, पुणे, हैदराबाद, चेन्नइ, बैंग्लोरु र दिल्ली समेत छन् । चीनको हाङ्जोउ, कतार, बहराइन र युएईको अबुधाबीमा पनि उनी गुञ्जिने तय भएको छ ।

अंग्रेजी नयाँवर्ष सुरु हुन लागेसँगै विश्वचर्चित पपस्टारले दक्षिण एसियालाई केन्द्रमा राख्दै टूरको घोषणा गरेका हुन् । उनले गणितका चिन्ह (जोड, घटाउ, बराबर, भाग र गुणन चिन्ह)लाई टूरको नाम दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...