मुख्य समाचार
काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित
काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित

: नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभरमै पूरा गर्‍यो।

जितसँगै काठमाडौंले प्लेअफ सम्भावना बलियो बनाएको छ भने पोखराका लागि प्लेअफ सम्भावना निकै झिनो बनेको छ।

काठमाडौंका लागि स्टेफेन इस्कीनजीले सर्वाधिक ६० रन बनाए। ३४ बलमा उनले १० चौका प्रहार गरे। त्यस्तै माइकल लेभिटले ३२ रन, भीम सार्कीले २२ रन र करण केसीले १ रन बनाए। गेहार्ड इरासम २५ रन र रासिद खान १ रनमा अविजित रहे। पोखराका लागि विपिन खत्रीले ३ र माइकल लिस्कले १ विकेट लिए।


यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो।

पोखराका लागि रेमोन रेफरले ३० बलमा १ चाौका र ३ छक्कासहित ४१ रनमा अविजित रहे। ओपनर दिनेश खरेलले ३८ रन बनाए। उनले २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

पोखराले पहिलो ओभरको चौथो बलमा ओपनर एन्ड्रिज गोउसलाई गुमायो। उनी ५ बलमा खाता नै नखोली बाहिरिए। उनलाई गेरहार्ड इरास्मसको बलमा माइकल लेभिटको हातमा क्याच भए। दोस्रो विकेट ओपनर दिनेश खरेल २४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाउँदै पावरप्लेको अन्तिम बलमा रासिद खानबाट एलबीडब्ल्यु आउट भए।


कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै बोल्ड आउट भए। चौथो विकेट आकर्षित गोमेलको गयो। पाँचौं विकेट दिलिप नाथ १५.४ ओभरमा २७ रन बनाउँदै रासिद खानबाट बोल्ड आउट भए।

छैटौं र सातौं विकेट करण केसीले माइकल लिस्क र नारयण जोशीको लिए। १६.१ र १६.२ मा लगातार विकेट गएको पोखराको आठौं विकेट पनि करणले नै लिए। आठौं विकेटको रूपमा विपिन खत्रीको विकेट गयो। उनले ६ बलमा ४ रन बनाए। नवौं विकेटका लागि रेमोन रेफरसँग सागर ढकालले १९ रनको साझेदारीसहित १ रनमा अविजित रहे।

काठमाडौंका लागि रासिद खान र करण केसीले समान ३/३ विकेट लिए। गेरहार्ड इरास्मस र माइकल लेभिट १/१ विकेट लिए। आजको दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...