मुख्य समाचार
‘अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा’
‘अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा’

: अत्यधिक चिकित्सा खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेल्दै गुणस्तरीय र उत्पादनशील जीवनलाई वञ्चित गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ।

बिहीबार विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सार्वजनिक गरेको ‘ट्याकिङ फाइनान्सियल प्रोटेक्सन’ प्रतिवेदनमा डब्ल्यूएचओले उक्त तथ्यांक उल्लेख गरेको छ।

अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले भने, ‘आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च महाद्वीपका कमजोर नागरिकहरूको लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्त्याउन सक्छ। यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्छ, जसले उनीहरूको अवस्था बिग्रन सक्छ।’


सन् २००० र सन् २०१९ बीचको अवधिमा आफ्नो घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको संख्या वार्षिक २५ लाखले बढेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्लोरिडामा भएको भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘शानदार’ भनेका छन् । जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ । ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय पनि करिब ९५ प्रतिशतसम्म टुंगिएको बताएका छन्। तर अमेरिकी राष्ट्रपतिले ‘एक–दुई अत्यन्तै जटिल विषय’ अझै बाँकी रहेको पनि बताएका ...
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक बल प्रयोगबाट रुसले युक्रेनमा लक्ष्य हासिल गर्ने चेतावनी दिएका छन् । ।शनिबार रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि युद्धको शान्तिपूर्ण निकासमा युक्रेनले चासो नदिएको आरोप उनले लगाए । 'युक्रेनलाई शान्तिपूर्ण निकासमा हतार भएजस्तो देखिन्‍न, ' राष्ट्रपति पुटिनले भने, 'यदि किभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै ...
— बुल्गेरियाले बिहीबारदेखि युरो मुद्रा प्रयोगमा ल्याउँदैछ । तर यस कदमप्रति देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ । धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् । युरोपेली युनियनकै गरिब राज्यका रुपमा चिनिने बुल्गेरिया युरो प्रयोगमा ल्याउने २१ औं राष्ट्र हो । यस वर्ष ‘बुल्गेरियाली लेभ ...
— मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई सम्पत्ति शुद्धिकरणसँग जोडिएको मुद्दामा अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । शुक्रबार क्वालालम्पुर उच्च अदालतले फैसला सुनाएको हो । ७२ वर्षीय नाजिब शक्ति दुरुपयोगको चार वटा तथा सम्पत्ति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर भएका हुन् । अभियोजकहरूले नाजिबमाथि एक दशकभन्दा बढी समयअघि प्रधानमन्त्री, अर्थमन्त्री र वान एमडीबी सल्लाहकार ...