मुख्य समाचार
प्रथम झापा कप सुरु, मोरङलाई हराउँदै आर्मीको विजयी सुरुवात
प्रथम झापा कप सुरु, मोरङलाई हराउँदै आर्मीको विजयी सुरुवात

: झापाको बिर्तामोडमा प्रथम झापा कप नकआउट फुटबल प्रतियोगिताको सुरु भएको छ। झापा ११ फुटबल क्लबको आयोजनामा बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ। आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो।

आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे। खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए। मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए।

आर्मीका लागि अर्को गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो। वैकल्पिक खेलाडी दिशान्त राईले नीरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको अन्तिम समयमा नीरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन्। मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चौधरीले गरेको प्रहार गोलरक्षक अरुण ब्लोनले बचाउन सकेनन्। खेलमा मोरङले खासै मुभ बनाउन सकेन।


खेलको ४७ औँ मिनेटमा अनमार्क रहेका दीपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो। खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए। उनले नगद १० हजार पुरस्कार पाए। भोलि आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबिच हुने आयोजकले जनाएको छ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए। प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको स्रोतले भ्याएसम्म झापा कप प्रतियोगितालाई सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन्।

उनले डोमालाल राजवंशी रंगशालामा सुविधा सम्पन्न रंगशाला बनाउने योजना प्रदेश सरकारको रहेको बताए। उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद एलपी साँवा, नेपाली काँग्रेसका सभापति देउमान थेबे, जिल्ला समन्वय समितिका उपाध्यक्ष शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन लगायतका आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...