मुख्य समाचार
एटलान्टाले कागलिरीलाई १–० ले हरायो र अंक तालिकाको शीर्षमा
एटलान्टाले कागलिरीलाई १–० ले हरायो र अंक तालिकाको शीर्षमा

— इटालीको सिरी ए मा एटलान्टाले शनिबार कागलिरीलाई १–० ले हरायो र अंक तालिकाको शीर्षमा कायम रह्यो । उसका लागि निकोलो जानिओलोले ६६ औं मिनेटमा निर्णायक गोल गरे । एटलान्टनाको १६ खेलबाट ३७ अंक छ ।

यो दोस्रोमा रहेको नेपोलीमाथि दुई अंकको अग्रता हो । उपाधि होडमा रहेको नेपोलीले अर्को खेलमा युडिनेजीमाथि ३–१ को महत्त्वपूर्ण जित निकाल्यो । यससँगै नेपोली १६ खेलबाट ३५ अंक भएको छ ।

युडिनेजीले फ्लोरिन थाउभिनको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि नेपोलीका लागि रामेलु लुकाकु र आन्द्रे फ्रान्कले गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो । इन्टर मिलान भने १४ खेलबाट ३१ अंकमा तेस्रो स्थानमा छ ।

अर्को खेलमा युभेन्ट्सले भेनेजियासँग २–२ को बराबरी खेल्यो । यसपल्ट युभेन्ट्स उपाधि होडबाट बाहिर छ । उसको २८ अंक छ र छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...