मुख्य समाचार
नटिङघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले हराए
नटिङघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले हराए

— सब्टिच्युट एन्थोनी एलान्गाले इन्ज्युरी समयमा गोल गरेपछि नटिङघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले हराएको छ र अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । फरेस्ट एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो ।


भिल्लाले जोन डुरानको गोलले दोस्रो हाफमा अग्रता लिएको थियो । त्यसपछि निकोला मिलेनकोभिचले खेल सकिन तीन मिनेट अगाडि बराबरी गोल फर्काए । यो जितसँगै फरेस्टको १६ खेलबाट २८ अंक भएको छ ।


उसको अगाडि आर्सनले ३० अंकमा तेस्रो स्थानमा छ । आर्सनलले शनिबारको अर्को खेलमा एभरटनसँग निराशाजनक गोलरहित बराबरी खेल्यो । यस्तै शीर्षमा रहेको लिभरपुल पनि फुलहमसँग घरमै २–२ को बराबरीमा रोकियो ।

लिभरपुलको १५ खेलबाट ३६ अंक छ । समान खेलबाट चेल्सीको ३१ अंक छ । शनिबारको सबैभन्दा ठूलो विजेता भने न्युकासल युनाइेटड रह्यो । उसले लेस्टर सिटीलाई ४–० ले हरायो । त्यसमा ज्याकोब मर्फिले दुई गोल गरे ।

यस्तै रेलिगेसनबाट बच्न संघर्षरत टिमबीचका खेलमा इपस्विच टाउनले उल्भ्सलाई २–१ ले हरायो । हारले उल्भ्स नौ अंकमै सीमित रह्यो भने इपस्विचको १२ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...