मुख्य समाचार
अमेरिकी विदेशमन्त्रीले भने-सिरियाको सत्ता कब्जा गरेको विद्रोहीसँग सम्पर्कमा छौं
अमेरिकी विदेशमन्त्रीले भने-सिरियाको सत्ता कब्जा गरेको विद्रोहीसँग सम्पर्कमा छौं

। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले सिरियामा बशर अल असदको शासन ढाल्ने विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस)सँग सीधा सम्पर्कमा रहेको जनाएका छन् ।

जोर्डनमा रहेका बेला ब्लिंकनले यो अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘हामी एचटीएस र अन्य व्यक्तिहरुसँग सम्पर्कमा छौं ।’ एचटिएससँग कस्तो खालको सम्पर्क हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।




अमेरिकाले एचटिएसलाई आतंकवादी संगठनको सूचीमा राखेको छ । यद्यपि सिरियाका राष्ट्रपति असदविरुद्धको संघर्षमा विद्रोही गुटलाई अमेरिकाले नै सघाएको आरोप लाग्ने गरेको छ ।

सिरियामा सशस्त्र गतिविधि गर्दै आएको एचटिएसले गत हप्ता राष्ट्रपति बशर अल असदलाई देश छाड्न बाध्य पारेको थियो । असद हाल रुसमा शरण लिएर बसिरहेका छन् ।



सिरियामा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी सत्तामा आएका विद्रोहीहरूले प्रधानमन्त्री मोहम्मद अल बसिरलाई १ मार्चसम्म देश चलाउनका लागि संक्रमणकालीन सरकार प्रमुख नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण युक्रेनी सहर माइकोलाइभका अधिकारीले रुसी क्षेप्यास्त्र आक्रमणबाट सर्वसाधारणका घर र पूर्वाधार ध्वस्त भएको बताएका छन्। कालो सागर नजिकैको यस सहरमा भएको आक्रमणमा कम्तीमा तीन जना नागरिक घाइते भएका छन्। रुसले यस सहरमा बारम्बार गोलाबारी गरेको छ। युक्रेनको आपतकालीन सेवाले क्षेप्यास्त्र आक्रमणपछि घटनास्थलमा अग्निनियन्त्रकको तस्बिर पोस्ट गरेको छ। आइतबार बिहान सोचीको कालो सागर नजिकै रहेको तेल डिपोमा ...
: ह्युमनोइड रोबोटले फेरि एक पटक सबैलाई चकित पारेको छ। पछिल्लो जानकारी अनुसार चिनियाँ कम्पनी आइमोगा रोबोटिक्सको मोर्निन नामक रोबोटले कुनै पनि मानव सहयोग बिना कारको ढोका खोल्ने प्रदर्शन गरेको छ। यो जानकारीले केही मानिसलाई अचम्मित पारेको छ। मानिसले कारको ढोका धेरै सजिलै खोल्न सक्छ। तर ह्युमनोइड रोबोटका लागि यो गर्नु धेरै गाह्रो काम हो। ...
: आइतबार रुसको पूर्वी भागमा अवस्थित कुरिल टापु नजिकैको कामचट्का क्षेत्रमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ। यसको तीव्रता रिक्टर स्केलमा ६.७ मापन गरिएको छ। भूकम्पपछि रूसमा सुनामीको चेतावनी जारी गरिएको छ। यसअघि गत हप्ता सोही क्षेत्रमा ८.८ म्याग्निच्युडको ठुलो भूकम्प गएको थियो। त्यसपछि अमेरिका, रुस र जापान लगायतका देशमा सुनामी चेतावनी जारी गरिएको थियो। ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश दिएको बताएका छन् । रूसी पूर्वराष्ट्रपति मेदवेदेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गरेका थिए । ट्रम्पले यसअघि नै रूसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । तर ट्रम्पले ती पनडुब्बी कहाँ ...
। पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्ताहरूलाई जेल सजाय सुनाएको छ। उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्ध प्रदर्शनमा सहभागी भएको आरोपमा सजाय सुनाइएको हो। मे २०२३ मा भ्रष्टाचारको आरोपमा अदालतमा पेशीको क्रममा सुरक्षाकर्मीहरूले इमरान खानलाई गिरफ्तार गरेपछि देशभर हिंसात्मक प्रदर्शनहरू सुरु भएका थिए। बिहीबार आएको यो फैसला इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का लागि ठूलो ...