मुख्य समाचार
रिलिज तयारीमा रहेको नेपाली लोकपप ब्याण्ड कन्दराको नयाँ गीतमा हस्ताक्षर
रिलिज तयारीमा रहेको नेपाली लोकपप ब्याण्ड कन्दराको नयाँ गीतमा हस्ताक्षर

। प्रधानमन्त्री केपी शर्मा ओलीले रिलिज तयारीमा रहेको नेपाली लोकपप ब्याण्ड कन्दराको नयाँ गीतमा हस्ताक्षर गरेका छन् । ओलीलाई भेट्न ब्याण्डका गायक विवेक श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

रिलिज तयारीमा रहेको कन्दराको नयाँ गीत ‘हुनेछ : द सङ अफ होप’मा प्रधानमन्त्रीले हस्ताक्षर गर्दै ब्याण्डको कन्सर्टमा आफू सहभागी हुने बताएका छन् । ‘प्रधानमन्त्रीज्यूलाई मैले गीत सुनाएँ । उहाँ खुसी हुनुभयो । कन्दरा मैले सुनिरहेको ब्याण्ड हो भन्नुभयो । लक्ष्मीप्रसाद देवकोटाको कविता सुनौलो बिहानीसँग दाँज्नुभयो’ विवेकले अनलाइनखबरसँग भने ।

भेटमा प्रधानमन्त्रीले कन्दरा ब्याण्डका गीतहरूको चर्चा गरे । उनले ‘हङकङ पोखरा’, ‘पञ्चासे’जस्ता गीत सुनेको बताउँदै यी गीत आफ्ना प्रिय रहेको बताए । ‘उहाँले पञ्चासेबाट गुराँस टिपेर धर्मपत्नी राधिकालाई दिएको किस्सा पनि सुनाउनुभयो’ विवेकले भने ।

‘उहाँले संगीतमा चाख राख्ने मात्र हैन, जानकार पनि हुनुहुँदो रहेछ’ विवेकले अगाडि भने, ‘प्रधानमन्त्रीलाई यो नलेज हुँदा मलाई अनौठो लाग्यो ।’

भेटमा कन्दराको पछिल्लो सांगीतिक टुर ‘घरदेखि परदेश’को यात्राबारे जानकारी गराइएको छ । ‘राज्यले यस्तो पहलमा होस्टेमा हैंसे गरिदियो भने राम्रो हुन्छ भन्ने कुरा राख्यौं’ विवेकले भने ।

अंग्रेजी नयाँवर्षअघि नै रिलिज तयारीमा रहेको कन्दराको नयाँ गीतमा सुनिल थापाको शब्द र संगीत छ । विवेकले आवाज दिएका छन् । गीतलाई प्रधानमन्त्रीकै हातबाट रिलिजको पहल भइरहेको उनले बताए । ‘मुलुकमा सकारात्मक सन्देश दिने र पहल गर्ने दायित्व कार्यकारी प्रमुखको हो । भेटमा उहाँले आफ्नो साथ रहने बताउनुभयो’ भेटबारे विवेकले भने ।



तृतीय पुरुषको शैलीमा लेखिएको यो गीतले आशाको सकारात्मक सन्देश फैलाउने विवेकले बताए । गीतलाई कुनैपनि विद्युतीय बाजाको प्रयोग नगरी एकस्टिक रेकर्डिङ गरिएको छ ।

लामो समयपछि जुर्मुराएको कन्दराले हालै पोखरा र काठमाडौंमा भव्य पुनरागमन कन्सर्ट गरिसकेको छ । १६ फागुनमा इलाममा गुञ्जिने ब्याण्डको तयारी छ । बुटवल र चितवनमा कन्सर्ट मिति तय हुन बाँकी छ । ४ जनवरीपछि ब्याण्डले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हलिउडको ‘अवतार ३’ र बलिउडको ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेका छन् । ‘अवतार : फायर एन्ड यश’ ले शुक्रबार र शनिबार सिनेपाः बक्सअफिसमा बलियो डेब्यू गरेको छ । मिश्रित समीक्षाको बाबजुद १९७ मिनेट रनटाइमको ‘अवतार’ को तेस्रो श्रृंखलाको ओपनिङ आफैमा आक्रामक हो । रिलिज अघि नै फिल्मले नेपालमा ७० लाखको अग्रिम टिकट विक्री ...
। सन् २०२५ मा नेपालले जति पनि विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगितामा भाग लियो, त्यसको नतिजामा एउटा समानता देखिएको छ । कसैले पनि सेमिफाइनलमा स्थान बनाउन सकेनन् । मिस अर्थ, मिस इन्टरनेसनल, मिस युनिभर्स हुँदै मिस कोस्मोसम्म आइपुग्दा नेपालको नतिजा त्यस्तै देखिएको छ । शनिबार बेलुका भियतनाममा आयोजित मिस कोस्मोमा पनि नेपाली सहभागी दीपशिखा नेपाल अन्तिम २१ मा ...
काठमाडौं महानगरपालिका वडा नं २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने
। सन् २०२५ सकिन केही दिन मात्र बाँकी छ । पछिल्ला १२ महिनामा केही उत्कृष्ट कोरियाली श्रृंखला ओटीटीमा रिलिज भए । चाहे त्यो “व्हेन लाइफ गिव्स यू टेंजरिंग’ होस् वा “स्क्विड गेम’ को अन्तिम सिजन । तर, दर्शकमा छाप छाडेका शीर्ष ५ दक्षिण कोरियाली सिरिज छन्, जसमा थ्रीलर र काल्पनिक कथा समावेश थिए । यसवर्षका उत्कृष्ट ...
। ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना गरिएको छ । मार्शल आर्टका दिवंगत अभिनेता ब्रुस लीको सम्मानमा जीर्णोद्धार गरिएको मूर्ति चोरी भएको एक वर्षभन्दा बढी समयपछि पुन:स्थापना गरिएको हो । बुधबार बोस्नियाको एक शहरमा पूर्ववत् स्थानमा स्थापना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नन चक कुङ-फू स्टिक समातेर रक्षात्मक स्थितिमा उभिएको ब्रुस लीको पूर्ण कदको कांस्य ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम