मुख्य समाचार
रिलिज तयारीमा रहेको नेपाली लोकपप ब्याण्ड कन्दराको नयाँ गीतमा हस्ताक्षर
रिलिज तयारीमा रहेको नेपाली लोकपप ब्याण्ड कन्दराको नयाँ गीतमा हस्ताक्षर

। प्रधानमन्त्री केपी शर्मा ओलीले रिलिज तयारीमा रहेको नेपाली लोकपप ब्याण्ड कन्दराको नयाँ गीतमा हस्ताक्षर गरेका छन् । ओलीलाई भेट्न ब्याण्डका गायक विवेक श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

रिलिज तयारीमा रहेको कन्दराको नयाँ गीत ‘हुनेछ : द सङ अफ होप’मा प्रधानमन्त्रीले हस्ताक्षर गर्दै ब्याण्डको कन्सर्टमा आफू सहभागी हुने बताएका छन् । ‘प्रधानमन्त्रीज्यूलाई मैले गीत सुनाएँ । उहाँ खुसी हुनुभयो । कन्दरा मैले सुनिरहेको ब्याण्ड हो भन्नुभयो । लक्ष्मीप्रसाद देवकोटाको कविता सुनौलो बिहानीसँग दाँज्नुभयो’ विवेकले अनलाइनखबरसँग भने ।

भेटमा प्रधानमन्त्रीले कन्दरा ब्याण्डका गीतहरूको चर्चा गरे । उनले ‘हङकङ पोखरा’, ‘पञ्चासे’जस्ता गीत सुनेको बताउँदै यी गीत आफ्ना प्रिय रहेको बताए । ‘उहाँले पञ्चासेबाट गुराँस टिपेर धर्मपत्नी राधिकालाई दिएको किस्सा पनि सुनाउनुभयो’ विवेकले भने ।

‘उहाँले संगीतमा चाख राख्ने मात्र हैन, जानकार पनि हुनुहुँदो रहेछ’ विवेकले अगाडि भने, ‘प्रधानमन्त्रीलाई यो नलेज हुँदा मलाई अनौठो लाग्यो ।’

भेटमा कन्दराको पछिल्लो सांगीतिक टुर ‘घरदेखि परदेश’को यात्राबारे जानकारी गराइएको छ । ‘राज्यले यस्तो पहलमा होस्टेमा हैंसे गरिदियो भने राम्रो हुन्छ भन्ने कुरा राख्यौं’ विवेकले भने ।

अंग्रेजी नयाँवर्षअघि नै रिलिज तयारीमा रहेको कन्दराको नयाँ गीतमा सुनिल थापाको शब्द र संगीत छ । विवेकले आवाज दिएका छन् । गीतलाई प्रधानमन्त्रीकै हातबाट रिलिजको पहल भइरहेको उनले बताए । ‘मुलुकमा सकारात्मक सन्देश दिने र पहल गर्ने दायित्व कार्यकारी प्रमुखको हो । भेटमा उहाँले आफ्नो साथ रहने बताउनुभयो’ भेटबारे विवेकले भने ।



तृतीय पुरुषको शैलीमा लेखिएको यो गीतले आशाको सकारात्मक सन्देश फैलाउने विवेकले बताए । गीतलाई कुनैपनि विद्युतीय बाजाको प्रयोग नगरी एकस्टिक रेकर्डिङ गरिएको छ ।

लामो समयपछि जुर्मुराएको कन्दराले हालै पोखरा र काठमाडौंमा भव्य पुनरागमन कन्सर्ट गरिसकेको छ । १६ फागुनमा इलाममा गुञ्जिने ब्याण्डको तयारी छ । बुटवल र चितवनमा कन्सर्ट मिति तय हुन बाँकी छ । ४ जनवरीपछि ब्याण्डले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले अस्कर अवार्डका नियम र योग्यता मापदण्डमा महत्वपूर्ण परिवर्तन गरेको छ । झन्डै सय वर्षको इतिहासमा यी परिवर्तनलाई सबैभन्दा ठूला निर्णयमध्ये एक मानिएको छ । अभिनय विधामा ठूलो बदलाव अबदेखि अभिनयतर्फ- मुख्य र सहायक दुवै विधामा एउटै कलाकारका एकभन्दा बढी प्रस्तुति एउटै वर्षमा मनोनयनमा पर्न सक्ने भएका छन् । यदि ...
कल्पना गर्नुहोस्, एकजना अभिनेता एउटा फिल्मका लागि ५० करोड भारु पारिश्रमिक लिन्छ । तर, ती फिल्महरू लगातार असफल भइरहेका छन् । यस्तो अवस्थामा निर्माताले नयाँ प्रस्ताव ल्याउँछ- ५० करोडकै पारिश्रमिक कायम रहन्छ, तर त्यसको आधा मात्र अग्रिम दिइन्छ । बाँकी आधा भुक्तानी फिल्मको सफलतामा निर्भर हुन्छ । यसपछि अभिनेता असहज हुन्छ । अब उसको आम्दानी पूर्ण ...
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...