मुख्य समाचार
झापामा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

— झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक भित्री सडक खण्डमा आइतबार राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्युु भएको छ।


सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैँ गरेको प्रदेश न. १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार गौरादह नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३२ कि जमुना धिमाल र सोही स्थान बस्ने वर्ष २५ कि मनचरी राई भनिने ओम कुमारी राईको उपचारका क्रममा दमक अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं. ८ बस्ने वर्ष २७ को बिराज थापाले हाँकेको मोटरसाइकलमा दुई महिला सवार थिए। मोटरसाइकल चालकको भने बिएण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ । यसमध्ये आधाभन्दा बढी मध्यपूर्व र अरब क्षेत्रमा मारिएका हुन् । सर्वाधिक धेरै पत्रकार प्यालेस्टाइनमा मारिएका छन् । गाजामा ५६ जना पत्रकारको मृत्यु दर्ता भएको आइएफजेले जनाएको छ । आइएफजेका अनुसार यमन, युक्रेन, सुडान, पेरु, भारत लगायतका देशमा पनि युद्ध, आन्तरिक ...
— फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारीस्वरूप नयाँ कानुन ल्याउने प्रक्रिया अघि बढाएको छ । बालबालिका र किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य जोखिमसँग सामाजिक सञ्जालको प्रयोग जोडिँदै गएको निष्कर्षलाई आधार बनाउँदै फ्रान्स सरकारले यो कदम चाल्न लागेको जनाएको छ । सन् २०२६ को सुरुवातमा संसद्मा छलफलका लागि पेश हुने भनिएको विधेयक सेप्टेम्बर ...
युक्रेनी राष्ट्रपति भ्यालिदिमिर जेलेन्स्कीले राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा युक्रेनले ड्रोन आक्रमण गरेको भन्ने रुसको आरोपलाई अस्वीकार गरेका छन्। जेलेन्स्कीले रुसले जारी शान्ति वार्तालाई तोडमोड गर्न खोजिरहेको आरोप लगाए। बीबीसीका अनुसार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीको मानवरहित हवाई सवारी साधन प्रयोग गरेर रुसको नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा आक्रमण गरेको ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टिनी शान्ति प्रक्रियाको दोस्रो चरण लागु गर्न हमासले तत्कालै आफुलाई निशस्त्रीकरण गर्नुपर्ने बताएका छन् । हमासले हतियार नछाडे उसको हालत निकै खराब हुने चेतावनी उनले दिएका छन् । राष्ट्रपति ट्रम्पले फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटेपछि सोमबार यस्तो धारणा अघि सारेका हुन् ।‘उनीहरूले निशस्त्रीकरण गरेनन् भने नर्कको मूल्य चुकाउनु पर्नेछ,’ ...
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ। बंगलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलका अनुसार उनको आज बिहान ६ बजे निधन भएको हो। खालिदा जिया केही महिनादेखि ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन्। खालिदा जिया चार दशकभन्दा बढी समयदेखि बंगलादेशी राजनीतिमा संलग्न थिइन्। आफ्ना पतिको हत्यापछि जियाले बीएनपीको नेतृत्व सम्हालिन्। सन् १९८१ मा ...