मुख्य समाचार
बार्सिलोना घरमै लेगानेससँग १–० ले पराजित
बार्सिलोना घरमै लेगानेससँग १–० ले पराजित

— स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले आइतबार घरमै लेगानेसको हातबाट १–० को हार बेहोरेको छ । हारले उपाधि होडमा बार्सिलोनाको चुनौती अझ कमजोर बनेको छ । बार्सिलोनाको १८ खेलबाट ३८ अंक मात्र भएको छ ।


भ्रमणकारी लेगानेसका लागि सर्जियो गोन्जालेजले चौथो मिनेटम हेडबाट गरेको गोल नै निर्णायक रह्यो । पूरा खेल अवधिमा क्याटलान टिमले शृंखलाबद्ध आक्रमण बुने पनि त्यसमध्ये कुनैलाई पनि निर्णायक बनाउन सकेन् ।

सिजनको सुरुमा ह्यान्सी फ्लिकको बार्सिलोनाले उत्कृष्ट सुरुआत लिएपनि अब लिगका पछिल्ला छ खेलमध्ये तीनमा पराजित भएको छ । आइतबारकै अर्को खेलमा एटलेटिको म्याड्रिडले गेटाफेलाई १–० ले हरायो । त्यसमा एलेक्जान्डर सोरिथले निर्णायक गोल गरे ।

एटलेटिको समान ३८ अंकमै दोस्रोमा छ भने रियल म्याड्रिड ३७ अंकमा तेस्रो स्थानमा छ । बार्सिलोनाको तुलनामा दुवै म्याड्रिड क्लबले एक खेल कम खेलेको छ । बार्सिलोनाको हारपछि पेड्रिले आफ्ना सबै साथी खेलाडी निराश रहेको स्विकारे ।

उनले प्रतिक्रिया दिएका छन्, ‘खेलमा हाम्रो प्रदर्शन निकै निराशाजनक रह्यो । हामी सुतिरहेका जस्तै थियो । अब हामीलाई चाँडै उठ्नु छ । आक्रमणमा हामीलाई निर्णायक हुनु नै पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम