मुख्य समाचार
बार्सिलोना घरमै लेगानेससँग १–० ले पराजित
बार्सिलोना घरमै लेगानेससँग १–० ले पराजित

— स्पेनी ला लिगाको शीर्षमा रहेको बार्सिलोनाले आइतबार घरमै लेगानेसको हातबाट १–० को हार बेहोरेको छ । हारले उपाधि होडमा बार्सिलोनाको चुनौती अझ कमजोर बनेको छ । बार्सिलोनाको १८ खेलबाट ३८ अंक मात्र भएको छ ।


भ्रमणकारी लेगानेसका लागि सर्जियो गोन्जालेजले चौथो मिनेटम हेडबाट गरेको गोल नै निर्णायक रह्यो । पूरा खेल अवधिमा क्याटलान टिमले शृंखलाबद्ध आक्रमण बुने पनि त्यसमध्ये कुनैलाई पनि निर्णायक बनाउन सकेन् ।

सिजनको सुरुमा ह्यान्सी फ्लिकको बार्सिलोनाले उत्कृष्ट सुरुआत लिएपनि अब लिगका पछिल्ला छ खेलमध्ये तीनमा पराजित भएको छ । आइतबारकै अर्को खेलमा एटलेटिको म्याड्रिडले गेटाफेलाई १–० ले हरायो । त्यसमा एलेक्जान्डर सोरिथले निर्णायक गोल गरे ।

एटलेटिको समान ३८ अंकमै दोस्रोमा छ भने रियल म्याड्रिड ३७ अंकमा तेस्रो स्थानमा छ । बार्सिलोनाको तुलनामा दुवै म्याड्रिड क्लबले एक खेल कम खेलेको छ । बार्सिलोनाको हारपछि पेड्रिले आफ्ना सबै साथी खेलाडी निराश रहेको स्विकारे ।

उनले प्रतिक्रिया दिएका छन्, ‘खेलमा हाम्रो प्रदर्शन निकै निराशाजनक रह्यो । हामी सुतिरहेका जस्तै थियो । अब हामीलाई चाँडै उठ्नु छ । आक्रमणमा हामीलाई निर्णायक हुनु नै पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...