मुख्य समाचार
सिरियाली विद्रोहीसँग प्रत्यक्ष सम्पर्कमा छौं : अमेरिकी विदेशमन्त्री
सिरियाली विद्रोहीसँग प्रत्यक्ष सम्पर्कमा छौं : अमेरिकी विदेशमन्त्री

— अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा राष्ट्रपति बसर अल-असदलाई परास्त गरेको हयात तहरीर अल-साम (एचटीएस) विद्रोहीसँग प्रत्यक्ष सम्पर्क गरेको बताएका छन् । हालसम्म पनि आतंककारी संगठनको सूचीमा रहेको एचटीएससँग अमेरिकाले पहिलोपटक प्रत्यक्ष सम्पर्क गरेको हो ।

विदेशमन्त्री ब्लिन्केनले हराइरहेका अमेरिकी पत्रकार अस्टिन टाइसको अवस्थाका विषयमा एटीएससँग सम्पर्क गरेको बताएका बीबीसीले जनाएको छ । उनीसहित टर्की, अरबी र युरोपेली देशका प्रतिनिधिहरूले सिरियाको राजनीतिक संक्रमण र भविष्यबारे जोर्डनमा आयोजित बैठकमा छलफल गरेका छन् ।

छलफलमा उपस्थित अधिकारीहरूले सिरियाको शान्तिपूर्ण संक्रमण प्रक्रियालाई समर्थन गर्ने सहमति गरेका छन् । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सबै सिरिया सरकारले सबै नागरिकलाई समेट्ने र अल्पसंख्यकको अधिकारको सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइकएको छ ।

जोर्डनका विदेशमन्त्रीले क्षेत्रीय शक्तिहरूले सिरिया अराजकतातर्फ उन्मूख भएको हेर्न नचाहेको बताएका छन् । सिरियामा केही सातायताका अशान्तिपूर्ण घटनापछि देशभित्र र बाहिर जारी वार्ताले सबै सिरियालीको प्रतिनिधित्व हुनेगरी नयाँ शासन व्यवस्था स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

इराकी विदेशमन्त्री फुआद हुसेनले मध्यपूर्व (पश्चिम एसिया) र त्यसभन्दा बाहिर पनि सिरियाको भविष्यका विषयमा चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ । लिबियामा कर्नेल गद्दाफीलाई सत्ताबाट हटाएपछि उत्पन्न अराजकतालाई संकेत गर्दै उनले क्षेत्रीय देशहरूले अर्को लिबिया हेर्न नचाहेको बताए ।

टर्कीका विदेशमन्त्री हकान फिदानले सिरियाका वर्तमान संस्थाहरूलाई संरक्षण र सुधार गर्नुपर्ने बताउँदै संक्रमणकालमा आतंककारी गतिविधिहरू रोकिनुपर्ने बताए । जोर्डनमा भएको पछिल्लो छलफलमा भने एचटीएसका कुनै प्रतिनिधि उपस्थित थिएनन् । साथै, असदलाई आर्थिक सहयोग गर्ने दुई प्रमुख देशहरू इरान र रुस पनि अनुपस्थित थिए ।


गत साता एचटीएस नेतृत्वको विद्रोही समूहहरूले सिरियामाथि नियन्त्रण कायम गरेसँगै राष्ट्रपति असद देश छाडेर भागेका थिए । उनी रुसी राजधानी मस्को पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले ...
: इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ ...
: इरानले आफ्नो सैन्य–औद्योगिक आधार अपेक्षाभन्दा छिटो पुनर्निर्माण गरिरहेको अमेरिकी गुप्तचरले दावी गरेका छन् । इरानले ड्रोन उत्पादन फेरि सुरु गरिसकेको दावी गरिएको छ । अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित दुई स्रोतका अनुसार, इरानले अप्रिलको सुरुमा सुरु भएको छ–हप्ते युद्धविरामको अवधिमै आफ्नो केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ । यो संकेत हो कि अमेरिका–इजरायलको आक्रमणबाट क्षति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्। अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा ...