मुख्य समाचार
सिरियाली विद्रोहीसँग प्रत्यक्ष सम्पर्कमा छौं : अमेरिकी विदेशमन्त्री
सिरियाली विद्रोहीसँग प्रत्यक्ष सम्पर्कमा छौं : अमेरिकी विदेशमन्त्री

— अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा राष्ट्रपति बसर अल-असदलाई परास्त गरेको हयात तहरीर अल-साम (एचटीएस) विद्रोहीसँग प्रत्यक्ष सम्पर्क गरेको बताएका छन् । हालसम्म पनि आतंककारी संगठनको सूचीमा रहेको एचटीएससँग अमेरिकाले पहिलोपटक प्रत्यक्ष सम्पर्क गरेको हो ।

विदेशमन्त्री ब्लिन्केनले हराइरहेका अमेरिकी पत्रकार अस्टिन टाइसको अवस्थाका विषयमा एटीएससँग सम्पर्क गरेको बताएका बीबीसीले जनाएको छ । उनीसहित टर्की, अरबी र युरोपेली देशका प्रतिनिधिहरूले सिरियाको राजनीतिक संक्रमण र भविष्यबारे जोर्डनमा आयोजित बैठकमा छलफल गरेका छन् ।

छलफलमा उपस्थित अधिकारीहरूले सिरियाको शान्तिपूर्ण संक्रमण प्रक्रियालाई समर्थन गर्ने सहमति गरेका छन् । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सबै सिरिया सरकारले सबै नागरिकलाई समेट्ने र अल्पसंख्यकको अधिकारको सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइकएको छ ।

जोर्डनका विदेशमन्त्रीले क्षेत्रीय शक्तिहरूले सिरिया अराजकतातर्फ उन्मूख भएको हेर्न नचाहेको बताएका छन् । सिरियामा केही सातायताका अशान्तिपूर्ण घटनापछि देशभित्र र बाहिर जारी वार्ताले सबै सिरियालीको प्रतिनिधित्व हुनेगरी नयाँ शासन व्यवस्था स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

इराकी विदेशमन्त्री फुआद हुसेनले मध्यपूर्व (पश्चिम एसिया) र त्यसभन्दा बाहिर पनि सिरियाको भविष्यका विषयमा चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ । लिबियामा कर्नेल गद्दाफीलाई सत्ताबाट हटाएपछि उत्पन्न अराजकतालाई संकेत गर्दै उनले क्षेत्रीय देशहरूले अर्को लिबिया हेर्न नचाहेको बताए ।

टर्कीका विदेशमन्त्री हकान फिदानले सिरियाका वर्तमान संस्थाहरूलाई संरक्षण र सुधार गर्नुपर्ने बताउँदै संक्रमणकालमा आतंककारी गतिविधिहरू रोकिनुपर्ने बताए । जोर्डनमा भएको पछिल्लो छलफलमा भने एचटीएसका कुनै प्रतिनिधि उपस्थित थिएनन् । साथै, असदलाई आर्थिक सहयोग गर्ने दुई प्रमुख देशहरू इरान र रुस पनि अनुपस्थित थिए ।


गत साता एचटीएस नेतृत्वको विद्रोही समूहहरूले सिरियामाथि नियन्त्रण कायम गरेसँगै राष्ट्रपति असद देश छाडेर भागेका थिए । उनी रुसी राजधानी मस्को पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ । यसमध्ये आधाभन्दा बढी मध्यपूर्व र अरब क्षेत्रमा मारिएका हुन् । सर्वाधिक धेरै पत्रकार प्यालेस्टाइनमा मारिएका छन् । गाजामा ५६ जना पत्रकारको मृत्यु दर्ता भएको आइएफजेले जनाएको छ । आइएफजेका अनुसार यमन, युक्रेन, सुडान, पेरु, भारत लगायतका देशमा पनि युद्ध, आन्तरिक ...
— फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारीस्वरूप नयाँ कानुन ल्याउने प्रक्रिया अघि बढाएको छ । बालबालिका र किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य जोखिमसँग सामाजिक सञ्जालको प्रयोग जोडिँदै गएको निष्कर्षलाई आधार बनाउँदै फ्रान्स सरकारले यो कदम चाल्न लागेको जनाएको छ । सन् २०२६ को सुरुवातमा संसद्मा छलफलका लागि पेश हुने भनिएको विधेयक सेप्टेम्बर ...
युक्रेनी राष्ट्रपति भ्यालिदिमिर जेलेन्स्कीले राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा युक्रेनले ड्रोन आक्रमण गरेको भन्ने रुसको आरोपलाई अस्वीकार गरेका छन्। जेलेन्स्कीले रुसले जारी शान्ति वार्तालाई तोडमोड गर्न खोजिरहेको आरोप लगाए। बीबीसीका अनुसार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीको मानवरहित हवाई सवारी साधन प्रयोग गरेर रुसको नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा आक्रमण गरेको ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टिनी शान्ति प्रक्रियाको दोस्रो चरण लागु गर्न हमासले तत्कालै आफुलाई निशस्त्रीकरण गर्नुपर्ने बताएका छन् । हमासले हतियार नछाडे उसको हालत निकै खराब हुने चेतावनी उनले दिएका छन् । राष्ट्रपति ट्रम्पले फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटेपछि सोमबार यस्तो धारणा अघि सारेका हुन् ।‘उनीहरूले निशस्त्रीकरण गरेनन् भने नर्कको मूल्य चुकाउनु पर्नेछ,’ ...
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ। बंगलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलका अनुसार उनको आज बिहान ६ बजे निधन भएको हो। खालिदा जिया केही महिनादेखि ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन्। खालिदा जिया चार दशकभन्दा बढी समयदेखि बंगलादेशी राजनीतिमा संलग्न थिइन्। आफ्ना पतिको हत्यापछि जियाले बीएनपीको नेतृत्व सम्हालिन्। सन् १९८१ मा ...