मुख्य समाचार
पार्टी नेतृत्वविरुद्ध हुने ‘कुप्रचार’को जमेर प्रतिवाद गर्ने एमाले संकल्प
पार्टी नेतृत्वविरुद्ध हुने ‘कुप्रचार’को जमेर प्रतिवाद गर्ने एमाले संकल्प

। नेकपा एमालेको संगठन विभागले पार्टी र नेतृत्वविरुद्ध हुने कूप्रचारको जमेर प्रतिवाद गर्ने संकल्प गरेको छ ।

केन्द्रीय मुख्यालय च्यासलमा केन्द्रीय संगठन विभागले जिल्ला नेतृत्वमा रहेका तीन सय बढी नेताहरुलाई दुई दिने प्रशिक्षण कार्यक्रम गरेको थियो । प्रशिक्षण कार्यक्रम सकिएपछि जारी प्रेस विज्ञप्ति मार्फत् पार्टी नेतृत्वविरुद्ध हुने कूप्रचारको प्रतिवाद गर्ने संकल्प गरेको हो ।




‘यो कार्यशाला पार्टी र नेतृत्वविरुद्ध षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

अरु संकल्प भने संगठन विभागको कामसँग सम्बन्धित छन् । जसमा आगामी ३ चैतसम्म वडा केन्द्रीत अभियान चलाउने, ‘जनतासाँग जनसंगठन अभियान’ सञ्चालन गर्ने, चैतभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पछिल्लो समय जापान जाने नेपालीहरूको संख्या बढ्दै गएको छ। विद्यार्थी भिसा होस् वा वर्किङ भिसामै किन नहोस्, जापान जानेको संख्या बढ्दो छ। जापान पठाउन एजुकेसन कन्सल्टेन्सी, मेनपावरलगायतका एजेन्सीहरू सक्रिय छन्। कम्तीमा १३ लाख तिरेर जापान पुग्ने गरेका छन् नेपालीहरू। तर, त्यहाँ पुगेपछि मात्रै उनीहरूलाई थाहा हुन्छ कि सोचेजस्तो होइन रहेछ जापान। आम्दानी कम र ...
— वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध ...
: जापानले गैरकानुनीरुपले बसेका दुईजना नेपालीलाई निष्काशन गरेको छ। निष्काशित हुनेहरूमा नुतन गिरी र धनप्रसाद बुढा रहेका छन्। उनीहरू भिषाको म्याद सकिसकेपछि पनि लुकिछिपी जापान बस्दै आएका थिए। त्यहाँको अध्यागमनले उनीहरूलाई पक्राउ गरी थाइ एयरको जहाजबाट नेपाल फर्काएको हो। उनीहरू केही दिनअघि काठमाडौं आएका हुन्। टोकियोमा कार्यरत एक नेपालीका अनुसार गैरकानुनीरुपमा लुकिछिपी बसेका ...
— जापान लगातार आठौंपल्ट विश्वकप छनोट नजिक पुगेको छ । जापानले एसियाली छनोटमा मंगलबार चीनलाई सजिलै ३–१ ले हरायो । चीनको सिमेनमा भएको तनावपूर्ण खेलमा जापानले सुरुमै दुई गोलको अग्रता लिएपछि स्थिति आफ्नो पकडमा राखेको थियो । यस्तै इरान पनि विश्वकप छनोटको संघारमा पुगेको छ । उसले किर्गिस्तानलाई ३–२ ले हरायो । इरान समूह ‘ए’ मा ...
। जापानको टोयो विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु फिल्ड वर्कका लागि नेपाल आउने भएका छन् । उनीहरूले आगामी फेब्रुअरीमा नेपाल आउने प्रतिबद्धता जनाएका हुन् । फिल्ड वर्कका लागि नेपाल आउनु अगाडि टोयो विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक एवं सामाजिक कार्य विभागका पूर्वप्रमुख डाक्टर शुक्रराज अधिकारीलाई बोलाएर नेपालको समग्र परिचय, त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक र सोसल वर्क (सामाजिक कार्य विषय)का ...