मुख्य समाचार
मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान
मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान

। हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले गरेका छन् ।

फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानले क्षति पुर्‍याएको हो । ३ लाख २० हजार जनसंख्या रहेको मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनिएको छ ।


यो तुफानबाट हजारौं व्यक्तिहरु प्रभावित भएका छन् । क्षतिग्रस्त क्षेत्रमा खोज, उद्धार र राहतको काम जारी छ । अहिलेसम्म ११ जनाको मात्र शव फेला परेको भनिए पनि मृतकको संख्या एक सयभन्दा बढी पुग्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । त्यहाँका हजारौं व्यक्तिहरु खाना, पानी र आवास विना बस्न बाध्य छन् ।

मायोट द्वीप फ्रान्सको राजधानी पेरिसबाट करिब ८ हजार किलोमिटर टाढा पर्दछ । फ्रान्सको गृह मन्त्रालयले त्यहाँ मृत्यु भएकाको संख्या दिन अहिल्यै नसकिने जनाएको छ ।



अधिकारीहरुले त्यहाँको भयावह अवस्था हेर्दा मृतकको संख्या १ हजारको संख्यामा हुन सक्ने आशंकासमेत गरेका छन् । घर, सडक, सरकारी कार्यालय र बिजुलीका पूर्वाधारहरुमा तुफानले क्षति पुर्‍याएको छ ।

अल जजिराका अनुसार मायोट द्वीपमा मुस्लिम समुदायको बसोबास छ । मुस्लिम समुदायमा २४ घण्टाभित्र शव गाड्ने संस्कार छ । तर त्यहाँको अवस्था हेर्दा मृतक पहिचान गर्नै केही दिनसम्म लाग्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सन् २०२५ मा विश्वभर १२८ जना सञ्चारकर्मी मारिएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले जनाएको छ । यसमध्ये आधाभन्दा बढी मध्यपूर्व र अरब क्षेत्रमा मारिएका हुन् । सर्वाधिक धेरै पत्रकार प्यालेस्टाइनमा मारिएका छन् । गाजामा ५६ जना पत्रकारको मृत्यु दर्ता भएको आइएफजेले जनाएको छ । आइएफजेका अनुसार यमन, युक्रेन, सुडान, पेरु, भारत लगायतका देशमा पनि युद्ध, आन्तरिक ...
— फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तयारीस्वरूप नयाँ कानुन ल्याउने प्रक्रिया अघि बढाएको छ । बालबालिका र किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य जोखिमसँग सामाजिक सञ्जालको प्रयोग जोडिँदै गएको निष्कर्षलाई आधार बनाउँदै फ्रान्स सरकारले यो कदम चाल्न लागेको जनाएको छ । सन् २०२६ को सुरुवातमा संसद्मा छलफलका लागि पेश हुने भनिएको विधेयक सेप्टेम्बर ...
युक्रेनी राष्ट्रपति भ्यालिदिमिर जेलेन्स्कीले राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा युक्रेनले ड्रोन आक्रमण गरेको भन्ने रुसको आरोपलाई अस्वीकार गरेका छन्। जेलेन्स्कीले रुसले जारी शान्ति वार्तालाई तोडमोड गर्न खोजिरहेको आरोप लगाए। बीबीसीका अनुसार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीको मानवरहित हवाई सवारी साधन प्रयोग गरेर रुसको नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा आक्रमण गरेको ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टिनी शान्ति प्रक्रियाको दोस्रो चरण लागु गर्न हमासले तत्कालै आफुलाई निशस्त्रीकरण गर्नुपर्ने बताएका छन् । हमासले हतियार नछाडे उसको हालत निकै खराब हुने चेतावनी उनले दिएका छन् । राष्ट्रपति ट्रम्पले फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटेपछि सोमबार यस्तो धारणा अघि सारेका हुन् ।‘उनीहरूले निशस्त्रीकरण गरेनन् भने नर्कको मूल्य चुकाउनु पर्नेछ,’ ...
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ। बंगलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलका अनुसार उनको आज बिहान ६ बजे निधन भएको हो। खालिदा जिया केही महिनादेखि ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन्। खालिदा जिया चार दशकभन्दा बढी समयदेखि बंगलादेशी राजनीतिमा संलग्न थिइन्। आफ्ना पतिको हत्यापछि जियाले बीएनपीको नेतृत्व सम्हालिन्। सन् १९८१ मा ...