मुख्य समाचार
यू-१९ एसिया कप : पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा
यू-१९ एसिया कप : पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

— महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।


नेपालका लागि कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । ४७ बल सामना गरेकी उनले ३ चौकासमेत प्रहार गरिन् । त्यस्तै साना परवीनले १०, सोनी पाख्रिनले १३ र सिमाना केसीले नटआउट १२ रन बनाए। पाकिस्तानका लागि फातिमा खान र कुरातुलैनले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् ।

यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट ६ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् । बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिए ।

जितसँगै नेपाल सेमिफाइनलमा समेत प्रवेश गरेको छ । लगातार २ खेलमा पाकिस्तान पराजित भएसँगै नेपालले समूह 'ए' बाट सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह 'बी' मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...