मुख्य समाचार
बंगलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने
बंगलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने

। बंगलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले बताएका छन् । गत अगष्टमा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेद अपदस्थ भएकी थिइन् ।

त्यसपछि बनेको कामचलाउ सरकारका नेता युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने दाबी गरेका छन् ।


गत अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसलाई बंगलादेशको नेतृत्व सुम्पिएको थियो ।

उनले करिब १७ करोड जनसंख्या रहेको बंगादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनःस्थापना गर्ने जिम्मेवारीलाई स्वीकार्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहेका छन् ।



‘सन् २०२५ को अन्त्य वा सन् २०२६ को पूर्वाद्र्धसम्ममा निर्वाचनको मिति तय गर्न सकिन्छ,’ उनले सरकारी टेलिभिजनमा भएको एक कुराकानीका क्रममा बताएका छन् ।

गत अगस्टमा ढाकास्थित प्रधानमन्त्रीको कार्यालयमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेका थिए । हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनका क्रममा केही हप्ता मासयाँै मानिसहरूको मृत्यु भएको र अधिकांशको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

हसिनाको अवामी लिग पार्टीका प्रमुख समर्थकहरूविरुद्ध प्रतिशोधपूर्ण हत्यामा उनको पलायन पछिको केही घण्टामा कैयौँ अवामी लिग समर्थक कार्यकर्ताको पनि मृत्यु भएको थियो ।

उनको सरकारमाथि अदालत र निजामती सेवाको राजनीतिकरण गर्नुका साथै आफ्नो शक्तिमाथिको लोकतान्त्रिक नियन्त्रणलाई ध्वस्त पार्न एकतर्फी निर्वाचन गराएको आरोप पनि लागेको थियो ।

हसिनाको १५ वर्षे शासनकालमा व्यापक रूपमा मानव अधिकार उल्लंघन भएको थियो, जसमा उनका राजनीतिक विरोधीहरूलाई सामूहिक हिरासतमा राख्नु र गैरन्यायिक हत्याहरू पनि समावेश थिए ।

दलहरूको सहमतिमा मिति तय गरिने

युनुसले आवश्यक सुधारको अनुगमनका लागि आयोगहरू गठन गरेका छन् । निर्वाचनको मिति तोक्ने कुरा राजनीतिक दलहरूको सहमतिमा निर्भर हुने उनले बताएका छन् ।

‘निर्वाचनको व्यवस्था गर्नुअघि नै मैले सुधार गर्नुपर्छ भन्ने कुरामा जोड दिँदै आएको छु,’ उनले भने, ‘राजनीतिक दलले त्रुटिरहित मतदाता नामावलीजस्ता न्यूनतम सुधारका साथ पहिलेकै मितिमा निर्वाचन गर्न सहमत भएमा नोभेम्बरको अन्त्यसम्ममा निर्वाचन गर्न सकिन्छ ।’

तर निर्वाचन सुधारको पूर्णसूची समावेश गर्दा केही महिना ढिला हुने उनको भनाइ छ ।

‘आवश्यक सुधारमध्ये एक अद्यावधिक मतदाता सूची हो, जुन वर्षौँको अस्थिर लोकतान्त्रिक प्रक्रियापछि ‘जटिल’ चुनौती हो । यसले सूचीबाट गैर–मतदाताको नामहरू हटाउनुका साथै द्रूत गतिमा बढ्दो युवा जनसङ्ख्याले पहिलो पटक मतदाता नामावली दर्ता गर्नु आवश्यक छ,’ उनले भने ।

युनुसले चुनावमा शतप्रतिशत मतदान सुनिश्चित गर्ने सपना देखेको बताए ।

‘यदि यो हासिल गर्न सकियो भने कुनै पनि सरकारले फेरि नागरिकको मताधिकार खोस्ने आँट गर्ने छैन,’ उनले भने ।

बंगलादेशमा पछिल्लो पटक गत जनवरीमा आम निर्वाचन भएको थियो । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने कुरामा आशंका व्यक्त गर्दै विपक्षी दलहरूले उक्त निर्वाचनलाई बहिस्कार गरेका थिए भने निर्वाचनमा हसिनाको दल अवामी लिगलाई दुर्य तिहाई सीट प्राप्त भएको थियो ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) जस्ता पूर्व विपक्षी समूहहरू हसिनाको नेतृत्वमा वर्षौंको दमनपछि अहिले संगठनको पुनःनिर्माण गरिरहेका छन्। (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भेनेजुएलामा अमेरिकाको सैन्य कारबाहीबाट आफू गहिरो चिन्तित भएको बताएका छन्। बीबीसीका अनुसार महासचिवले संयुक्त राष्ट्र संघको बडापत्रसहित सबैले अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मानको महत्त्वमा जोड दिइरहेको बताएका छन्। उनले अमेरिकाको सैन्य कारबाहीले यसले "क्षेत्रको लागि चिन्ताजनक प्रभाव पार्ने" बताए। "भेनेजुएलाको अवस्थालाई ध्यानमा राख्दै, यी विकासहरूले खतरनाक उदाहरण प्रस्तुत गर्दछन्," विज्ञप्तिमा ...
: अमेरिकाले भेनेजुएलाको राजधानीमा आक्रमण गरेको छ। बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको राजधानीस्थित सैनिक क्षेत्रहरूमा आक्रमण गरेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार शहरको बीचभागमा रहेको सैन्य हवाई अड्डा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’मा आक्रमण गरिएको हो। यी दुवै स्थानमा भएको भनिएका धमाकाका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। बीबीसीका अमेरिकास्थित समाचार साझेदार सीबीएस न्युजले स्रोतहरूलाई ...
:अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी प्रशासनले नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गरेकी छिन्। उनले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गरिएको 'अवैध' र 'अनावश्यक' कारबाहीको संज्ञा दिएकी छिन्। सामाजिक सञ्जाल प्लेटफर्म X मा धारणा सार्वजनिक गर्दै ह्यारिसले मादुरो 'क्रूर' र 'अवैध' शासक ...
— रुसको विदेश मन्त्रालयले भेनेजुएलाविरुद्धको अमेरिकी आक्रमणको निन्दा गरेको छ । उसले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । यस आक्रमणलाई जायज ठहराउन गरिएका बाहना न्यायसंगत छैनन् । विश्वासमा आधारित व्यवहारिक सम्बन्ध निर्माण गर्ने इच्छाशक्तिमाथि वैचारिक रूपमा प्रेरित शत्रुता हाबी भएको छ,' रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रूसले संकट समाधानका कुटनीतिक पहल ...
— अहिलेको संकटको समाधानका लागि शान्ति वार्ताको मध्यस्थता गर्न तयार छ,’ स्पेनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेनेजुएलाको राजधानी काराकाससहितका क्षेत्रमा मध्यराति अमेरिकाले भयानक आक्रमण गरेको छ । अमेरिकी सेनाको डेल्टा फोर्सले यस आक्रमण गरेको हो । आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई अमेरिकाले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका ...