मुख्य समाचार
इजरायलले सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण
इजरायलले सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण

। इजरायलले सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको थियो ।

गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि ठूलो विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।




सिरियन वार मनिटरले इजरायलको यो आक्रमणलाई पछिल्लो दशकमा टार्टसमा भएको सबैभन्दा ठूलो आक्रमण भनेको छ। इजरायली फाइटर जेटहरूले एयर डिफेन्स युनिट र जमिनदेखि जमिनसम्म प्रहार गर्नसक्ने मिसाइलहरूको डिपोमा समेत निशाना बनाएका थिए ।

मिडिया रिपोर्टहरूका अनुसार शक्तिशाली विस्फोटपछि टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो। आक्रमणका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।



रूसी कूटनीतिज्ञहरू फिर्ता

यसैबीच, रूसले सिरियामा जारी इजरायली आक्रमण र विद्रोही समूहको नियन्त्रणका कारण आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ।

रूसी विदेश मन्त्रालयका अनुसार एयरफोर्सको विशेष फ्लाइटमार्फत खमीमिम एयरपोर्टबाट दमास्कसमा रहेका केही रूसी कूटनीतिज्ञहरूलाई रूस फिर्ता लगिएको छ।

रूसी कूटनीतिज्ञहरूका साथै बेलारुस र उत्तर कोरियाका कूटनीतिज्ञहरूलाई पनि यसै विमानबाट फिर्ता लगिएको जनाइएको छ। तर, मन्त्रालयले दमास्कसमा रहेको दूतावासले टेलिग्रामको सहारामा अझै आफ्नो काम जारी राख्ने स्पष्ट पारेको छ।

यूएईको आलोचना
यसैबीच संयुक्त अरब एमिरेट्सले गोलान हाइट्समा नागरिकहरूको संख्या दोब्बर पार्ने इजरायली योजनाको निन्दा गरेको छ। यसअघि, इजरायलले आइतबार गोलान हाइट्समा नागरिक संख्या बढाएर दोब्बर बनाउने घोषणा गरेको थियो।

यसका लागि इजरायलका अन्य भागका नागरिकहरूलाई गोलान हाइट्समा राख्ने योजना सार्वजनिक गरिएको थियो । यूएईका साथै इरान र साउदी अरबले पनि इजरायलको यस कदमको आलोचना गरेका छन्।

इजरायलले गोलान हाइट्समा सन् १९६७ मा कब्जा जमाएको थियो। यो क्षेत्र यसअघि सिरियाको हिस्सा थियो, जसलाई ६ दिनसम्म चलेको युद्धपछि इजरायलले जितेको थियो।

सिरियाले यस क्षेत्रमा कब्जा हटाउन इजरायलसँग माग गरेको छ, तर इजरायलले सुरक्षा चिन्ता जनाउँदै यो माग अस्वीकार गरेको छ।

गोलान हाइट्समाथि इजरायली कब्जालाई सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्यता दिएका थिए।

यसअघि इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) का नेता अबु मोहम्मद अल-जुलानीले सिरियामाथि गरिएको इजरायली आक्रमणको आलोचना गर्दै सिरिया युद्धबाट थाकिसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले ...
: इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ ...
: इरानले आफ्नो सैन्य–औद्योगिक आधार अपेक्षाभन्दा छिटो पुनर्निर्माण गरिरहेको अमेरिकी गुप्तचरले दावी गरेका छन् । इरानले ड्रोन उत्पादन फेरि सुरु गरिसकेको दावी गरिएको छ । अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित दुई स्रोतका अनुसार, इरानले अप्रिलको सुरुमा सुरु भएको छ–हप्ते युद्धविरामको अवधिमै आफ्नो केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ । यो संकेत हो कि अमेरिका–इजरायलको आक्रमणबाट क्षति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्। अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा ...