मुख्य समाचार
नेपाल राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु
नेपाल राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु

— नेपाल राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु गरेका छन् । ०७२ सालको भूकम्पले थापाथलीस्थित कार्यालय भत्किएपछि राष्ट्र बैंकको सबै विभागका सेवा बालुवाटारस्थित कार्यालयमा सरेको थियो ।

अहिले नयाँ भवन निर्माण सम्पन्न भएपछि पहिलो चरणमा बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली स्थानान्तरण गरिएको राष्ट्र बैंकले जनाएको छ । आज (पुस १)देखि बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली स्थानान्तरण गरिने सूचना गत साता नै जारी गरेको थियो ।

हाल राष्ट्र बैंकले विभिन्न १८ वटा विभागमार्फत सेवा दिदै आएको छ । जसमध्ये अहिले बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली सारिएको हो । यी विभागबाट बैकिङ सम्बन्धी सबै गतिविधि बैकिङ विभागबाट र मुद्रा सटही, तरलता व्यवस्थापनलगायत काम मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ । अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी गरेका हुन् । श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा क्रस–बोर्डर भुक्तानी सुरुवातको घोषणा गरिएको छ। उक्त व्यवस्थापछि श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्ट ...
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम मार्फत स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न महत्त्वाकांक्षी घोषणाहरू गरेको छ । व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै काम ३० दिनभित्र सम्पन्न गर्ने ‘लगानी एक्सप्रेस’ लागु गर्ने, विदेशी लगानीमा ‘स्वचालित मार्ग’ विस्तार गर्ने र ठूला लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने सरकारको घोषणा छ । मुलुकको अर्थतन्त्रलाई गति ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका छन् । सिंहदरवारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लले मुलुकका अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका हुन् । केहि बर्षमा नेपालीको प्रतिव्यक्ति आय ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले बजेट तयारीको काम भइरहेका बेला सांसदहरुको अनौपचारिक रुपमा भेटघाट बाक्लो भइरहेको बताएका छन् । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले बजेट तयारीको काम भइरहेको हुँदा पनि धेरै सांसदहरुले नीतिगतभन्दा पनि बजेटकै विषयलाई लिएर आइरहेको बताएका छन् । उनले सांसदहरुले बजेटको विषयलाई चासो दिएर ...
: सरकारले चालु आवको हालसम्म ५८ प्रतिशत बजेट खर्च गरेको छ । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा चालु आवको बजेट १९ खर्ब ६४ अर्ब रहेकोमा जसमा ११ खर्ब ७७ अर्ब चालु खर्च रहेको जनाइएको छ । जसमा ६३ प्रतिशत खर्च भइसकेको जनाइएको छ । पूँजीगत खर्च सात खर्ब नौं अर्वमा हालसम्म २६ प्रतिशत ...