मुख्य समाचार
नेपाल राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु
नेपाल राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु

— नेपाल राष्ट्र बैंकको बैकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु गरेका छन् । ०७२ सालको भूकम्पले थापाथलीस्थित कार्यालय भत्किएपछि राष्ट्र बैंकको सबै विभागका सेवा बालुवाटारस्थित कार्यालयमा सरेको थियो ।

अहिले नयाँ भवन निर्माण सम्पन्न भएपछि पहिलो चरणमा बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली स्थानान्तरण गरिएको राष्ट्र बैंकले जनाएको छ । आज (पुस १)देखि बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली स्थानान्तरण गरिने सूचना गत साता नै जारी गरेको थियो ।

हाल राष्ट्र बैंकले विभिन्न १८ वटा विभागमार्फत सेवा दिदै आएको छ । जसमध्ये अहिले बैकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली सारिएको हो । यी विभागबाट बैकिङ सम्बन्धी सबै गतिविधि बैकिङ विभागबाट र मुद्रा सटही, तरलता व्यवस्थापनलगायत काम मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थालेको छ । हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ रेल्वे र्‍याक युरिया मल एकसाथ आई पुगेको हो । तीमध्ये सुक्खा बन्दरगाहमा २ र ...
: पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्। वर्षाको कारण खेतभरी पाकेको धान काट्न नपाएपछि किसान चिन्तित बनेका छन्। काटिसकेको धान पनि पानीले भिजाएपछि धेरै ठाउँमा बिग्रने अवस्था आएको छ। कोशी प्रदेशका १४ वटै जिल्लामा बुधबारदेखि ...
। नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ । भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ । मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ भने ...
— चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्बभन्दा बढीको व्यापार घाटा बेहोर्नुपरेको छ । निर्यातभन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँको ...
— अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी हुन्छ । व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैं–तिहारमै हुन्छ । चाडपर्वका समयमा स–साना खुद्रा पसलदेखि ठूला–ठूला पसलदेखि आउटलेटहरूमा खरिद–बिक्री बढी हुन्छ । व्यवसायीले पनि चाडपर्वलााई लक्ष्य गरी बढी नै सामान आयात गर्छन् । भन्सार विभागको तथ्यांकले पनि सोही क्रमलाई दर्शाउँछ । चालु आर्थिक वर्षको पहिलो तीन महिना ...