मुख्य समाचार
के-पप गायिका एन-ए सङलाई ८ वर्षको जेल सजाय
के-पप गायिका एन-ए सङलाई ८ वर्षको जेल सजाय

। चर्चित के–पप ब्याण्ड इन्स्टारकी गायिका तथा डिजे एन–ए–सङलाई दुर्घटनाको घटनामा आठ वर्षको जेल सजाय सुनाइएको छ । उनले हाँकेको गाडीको ठक्करबाट ५० वर्षीय एक डेलिभरी म्यानको मृत्यु भएको थियो ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार त्यहाँको सर्वोच्च अदालतले डिसेम्बर १० मा जेल सजायको फैसला सुनाएको हो । गायिका ए–सङले हाँकेको मर्सिडिज बेन्ज गाडी एसयूभीको ठक्करबाट ती पुरुषको मृत्यु भएको घटनामा उनी दोषी ठहर भएकी हुन् ।




सेप्टेम्बरमा भएको सुनुवाइमा येसोङले आफ्नो म्युजिक करिअर त्याग्ने योजना रहेको बयान दिएकी थिइन् । पीडितलाई सहयोग नगरी घटनास्थलबाट भागेको कारण पहिलो मुद्दामा उनलाई १० वर्षको सजाय सुनाइएको थियो ।

घटनाप्रति पश्चाताप गर्दै पीडित परिवारसामु पुगेपछि उनको जेल सजायमा कटौती गरिएको हो । अभियोजन पक्षले सुरुमा उनलाई १५ वर्षको जेल सजाय हुनुपर्ने जिकिर गरेको थियो ।



डिजे समेत रहेकी २४ वर्षीया ए–सङका वकिलले गायिकाले अभियोग स्वीकारेको जनाए । ‘उनले अत्यधिक मादक पदार्थ सेवन गर्दै गाडी हाँकेकी थिइन् ।

येसोङले अदालती बयानमा आफू आर्थिक तनावबाट गुज्रिएको समेत बताएकी छन् । ‘त्यतिबेला बुकिङ नहुँदा आर्थिक संकटमा थिएँ । म एउटा महत्वपूर्ण भेलामा थिएँ जतिबेला मेरो जीविकोपार्जनमा समस्या थियो’ उनले बयानमा भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएको बताएका छन् । उनी लेख्छन्, ‘ न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा ...
‘द एराज’ टूर सकिएको हुन सक्छ, तर कीर्तिमानको सिलसिला भने रोकिएको छैन । आफ्ना गीतलाई विश्वव्यापी सांगीतिक परिघटनामा रूपान्तरण गरेको वर्षौंपछि यी पप स्टारले अर्को यस्तो उपलब्धि हासिल गरेकी छन्, जुन अहिलेसम्म कुनै पनि महिला संगीतकारले प्राप्त गर्न सकेकी थिइनन् र यसपटक यो सफलता संगीत चार्टमा होइन, सम्पत्तिको सूचीमा दर्ज भएको छ । ती सुपरस्टार हुन्, ...
। सन् २०२६ को फिफा विश्वकपको उद्घाटन समारोहमा विश्वप्रसिद्ध संगीतकर्मीहरूको प्रस्तुति रहने भएको छ । सह-आयोजक मेक्सिकोको पहिलो खेलअघि शाकिरा र बर्ना ब्वायले विशेष प्रस्तुती दिनेछन् । मेक्सिको सिटीमा हुने उद्घाटन समारोहमा उनीहरूले प्रतियोगिताको आधिकारिक गीत ‘डाइ डाइ’ प्रस्तुत गर्नेछन् । उक्त समारोह विश्वकपको उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलअघि आयोजना हुनेछ । फिफाले तीनै ...
। बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत र प्रतिस्पर्धा गरेका ६ फिल्मको प्रदर्शन यहाँ गरिएको छ । महोत्सवको प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस प्रदर्शन छायाँ हलमा ३ दिनसम्म गरिएको थियो । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेका हुन् । तीन दिनसम्म देखाइएका ती फिल्मलाई करिब ...
। बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ । डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ । भारतीय मोशन ...