मुख्य समाचार
लागूऔषधसहित तीन जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ

: लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। बागमती नगरपालिका-७ निमिचोक बस्ने ३५ वर्षीय मोहन बहादुर योञ्जन समेत ३ जनालाई नियन्त्रित लागूऔषध ओनेरेक्स १ सय मिलिलिटरको ७ बोतल, कोडेडाइल-टि १ सय मिलिलिटरको ३ बोतल सहित ३ जना पक्राउ परेका हुन्। उनीहरूलाई सोमबार बिहान पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले मोहन बहादुरको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ। गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो। उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीबाट प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरू र ती ...
: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको पाख्रिवास नगरपालिका-८ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीय मिसन ...
— जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको बताएका छन् । सिरहाको गोलबजारमा सोमबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । ‘नेपालमा नयाँ किसिमको अर्थव्यवस्था देखिएको छ, त्यो हो दलाल पुँजीवाद,’ उनले भने, ‘यो व्यवस्थामा दलाल बिचौलियाहरू दलाली गरेर बिनालगानी करोडौं अर्बौं कमाइरहेका छन् ।’ मुलुकमा ...
: हाल विद्युत्को उच्च माग छ– करिब १८ सय मेगावाट। तर, उत्पादन भइरहेको छ– करिब १५ सय मेगावाट मात्रै। छिमेकी भारतले पनि साँझको समय (पिक डिमान्ड)मा नेपाललाई विद्युत् नदिने जनाएको छ। त्यसैकारण, उद्योग क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएको विद्युत् प्राधिकरणको भनाइ छ। तर, उद्योगीले भने प्राधिकरणको नियत नै खराब रहेको प्रतिक्रिया दिएका छन्। प्राधिकरणले विद्युत्को ...
: जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्। कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ डाँछी बस्ने ३३ वर्षीय हस्त बहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ ...