मुख्य समाचार
नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन
नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन

: नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिनको लागि उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको नेता जगन्नाथ खतिवडाले बताए। सुझाव कार्यदलमा गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन्।

त्यस्तै बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिन्हका साथ उम्मेदवारहरू एक्लै चुनाव लड्ने निष्कर्षसमेत निकालेको छ। यसका लागि जनतामा जाने खतिवडाले बताए।


बैठकले पार्टी एकता नगर्ने र सुदृढीकरणमा ध्यान दिने निर्णय पनि गरेको उनले बताए। बैठकले पार्टीलाई जनतासँग जोड्नको लागि जनसंर्षका अभियानहरू चलाउने निर्णय पनि गरेको छ।

स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ। सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताए।

बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ भने पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ। कार्यविभाजनका सन्दर्भमा आएका सुझावहरूलाई अध्ययन गरी दुई दिनपछि टुंग्याउने खतिवडाले बताए। खतिवडाले वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउनका लागि छलफल भइरहेको र गौतम पनि सकारात्मक रहेको बताए। यसका लागि अन्य प्रक्रियाका कामहरू जारी रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको पाख्रिवास नगरपालिका-८ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीय मिसन ...
— जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको बताएका छन् । सिरहाको गोलबजारमा सोमबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । ‘नेपालमा नयाँ किसिमको अर्थव्यवस्था देखिएको छ, त्यो हो दलाल पुँजीवाद,’ उनले भने, ‘यो व्यवस्थामा दलाल बिचौलियाहरू दलाली गरेर बिनालगानी करोडौं अर्बौं कमाइरहेका छन् ।’ मुलुकमा ...
: हाल विद्युत्को उच्च माग छ– करिब १८ सय मेगावाट। तर, उत्पादन भइरहेको छ– करिब १५ सय मेगावाट मात्रै। छिमेकी भारतले पनि साँझको समय (पिक डिमान्ड)मा नेपाललाई विद्युत् नदिने जनाएको छ। त्यसैकारण, उद्योग क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएको विद्युत् प्राधिकरणको भनाइ छ। तर, उद्योगीले भने प्राधिकरणको नियत नै खराब रहेको प्रतिक्रिया दिएका छन्। प्राधिकरणले विद्युत्को ...
: जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्। कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ डाँछी बस्ने ३३ वर्षीय हस्त बहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा लागेको बताएका छन्। ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउन लागिपरेको बताएका हुन्। उनले भ्रष्टाचारीको मुख हेरेर नभइ अपराध हेरेर कारवाही गरिने बताए। 'देशको अवस्था सुधार गर्नुछ। भ्रष्टाचार नियन्त्रण गर्नुछ। मैले भनेको छु, भ्रष्टहरूको मुख ...