मुख्य समाचार
सीमानाकामा हुने तस्करी तुरुन्त बन्द गर्न गृहमन्त्रीको निर्देशन
सीमानाकामा हुने तस्करी तुरुन्त बन्द गर्न गृहमन्त्रीको निर्देशन

: गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताएका छन्। मंगलबार रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

'लोकतन्त्रको पहिलो सर्त शान्ति सुरक्षा हो । हामीले शान्ति सुरक्षा दिन सक्यौं भने नागरिकले निर्वाध रुपमा आफ्ना मौलिक हकको उपयोग गर्नुहुन्छ । संघीय लोकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा , सुशासन र विकासको ग्यारेन्टी हुन्छ,'गृहमन्त्री लेखकले भने।

लुम्बिनी प्रदेशको विशेष महत्त्व रहेको उनको भनाइ छ । 'हाम्रो धार्मिक, सांस्कृतिक मात्र होइन विश्व शान्तिको जोति छर्ने ठाउँ हो,' उनले भने । गोष्ठीहरू औपचारिकतामा सीमित हुने गरेको भन्दै गोष्ठी उपलब्धिमुलक र प्रभावकारी हुनुपर्ने गृहमन्त्री लेखकले बताए।


यस्तै वर्तमानमा संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हकअधिकार र संविधानको कार्यान्वयन हाम्रो जिम्मेवारी भएको उनले बताए। 'हाम्रो संविधानमा नागरिकका ३२ वटा मौलिक हक छन् । त्यसको प्रत्याभूत गराउने काम हाम्रो हो । यसका लागि शान्ति सुरक्षाको कुरा आउँछ,' गृहमन्त्री लेखकले भने।

लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको भन्दै गृहमन्त्री लेखकले सीमानामा हुने तस्करी तुरुन्त रोक्नु निर्देशन दिए। 'सीमापार अपराधको नियन्त्रण हुनुपर्यो । यो परिणाम देखिने गरि काम हुनुपर्छ,' उनले भने,'लागुऔषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्युनीकरण गर्नुहोला ।'

साइवर अपराध र वित्तीय अवरुद्ध बढेको भन्दै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति हुनुपर्ने गृहमन्त्री लेखकले बताए । यस्तै फरक प्रशंगमा कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनेको भन्दै यो समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेको बताए।

मन्त्री लेखकले सरकार बन्नेवित्तकै सरकार ढल्छ र मन्त्री बन्ने वित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला मात्रै भएको बताए। उनले दावी गर्दै भने,'यो समीकरण ८४ सालसम्मै जान्छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा भक्तजनहरूले चढाएको भेटी गणना गरिएको छ। दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठूलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साताव्यापी रुपमा लागेको मेलामा भेटी संकलन गरी गणना गरिएको हो। मेलामा देश तथा विदेशबाट सर्वसाधारण मन्दिर पुगी दर्शन गर्दै दुप्चेश्वमा गाइको दूधको साथै भेटी चढाएका थिए। धान्यपूर्णिमाका अवसरमा यस वर्षको मेलामा ...
— नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) को ‘स्टेरिङ कमिटी’ बैठकले दुई पेट्रोलियम पाइप लाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति गरेको छ । सिलिगुडी–चारआली र अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइन उक्त अवधिभित्र सक्ने गरी काम थाल्ने सहमति भएको हो । मंगलबार काठमाडौंमा सुरु भएको बैठकले प्राविधिक तथ्यांक एकआपसमा आदानप्रदान गरी निर्माणका क्रममा कुनै समस्या आए तत्काल ...
— प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानुन निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरुकताका काम गनुपर्ने बताएका छन् । सांसद निजी काममा सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भइरहेको भन्दै सभामुख घिमिरेले असन्तुष्टि पनि व्यक्त गरहेका हुन् । संसदीय मामिला पत्रकार समाजले प्रकाशित गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तकको सोमबार काठमाडौंमा विमोजचन गर्दै ...
: एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ। गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो। उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीबाट प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरू र ती ...
: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको पाख्रिवास नगरपालिका-८ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीय मिसन ...