मुख्य समाचार
महोत्तरीमा प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ
महोत्तरीमा प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ

: महोत्तरीमा प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ। गत असोज २३ गते बर्दिबास नगरपालिका-५ टुटेश्वरमा २२ वर्षीया अनु रायलाई हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीप कुमार यादवलाई पक्राउ गरेको हो।

महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विवाहको सहमति पछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुवैजना बीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले बताए।

गत असोज २३ गते बर्दिबास नगरपालिका-५ टुटेश्वरमा वेशारिसे अवस्थामा शव फेला परेका थिए। टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपितसँगै फर्किएको, टेम्पुमासँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई वीरगन्जबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए। पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानुन निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरुकताका काम गनुपर्ने बताएका छन् । सांसद निजी काममा सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भइरहेको भन्दै सभामुख घिमिरेले असन्तुष्टि पनि व्यक्त गरहेका हुन् । संसदीय मामिला पत्रकार समाजले प्रकाशित गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तकको सोमबार काठमाडौंमा विमोजचन गर्दै ...
: एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ। गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो। उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीबाट प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरू र ती ...
: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको पाख्रिवास नगरपालिका-८ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीय मिसन ...
— जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको बताएका छन् । सिरहाको गोलबजारमा सोमबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । ‘नेपालमा नयाँ किसिमको अर्थव्यवस्था देखिएको छ, त्यो हो दलाल पुँजीवाद,’ उनले भने, ‘यो व्यवस्थामा दलाल बिचौलियाहरू दलाली गरेर बिनालगानी करोडौं अर्बौं कमाइरहेका छन् ।’ मुलुकमा ...
: हाल विद्युत्को उच्च माग छ– करिब १८ सय मेगावाट। तर, उत्पादन भइरहेको छ– करिब १५ सय मेगावाट मात्रै। छिमेकी भारतले पनि साँझको समय (पिक डिमान्ड)मा नेपाललाई विद्युत् नदिने जनाएको छ। त्यसैकारण, उद्योग क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएको विद्युत् प्राधिकरणको भनाइ छ। तर, उद्योगीले भने प्राधिकरणको नियत नै खराब रहेको प्रतिक्रिया दिएका छन्। प्राधिकरणले विद्युत्को ...