मुख्य समाचार
एसीसी महिला यु-१९ एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
एसीसी महिला यु-१९ एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

: एसीसी महिला यु-१९ एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ। निरन्तरको वर्षाले मैदान प्रभावित बनाएपछि खेल 'नो रिजल्ट'मा पुगेको आयोजक मलेसिया क्रिकेट एसोसियसनले जनाएको छ। यससँगै नेपाल र भारतले अंक बाँडेका छन्।


यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन्। त्यस्तै अलिशा कुमारी यादव २० रनमा अविजित रहिन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।


भारतका लागि परुनिका सिसोडियाले सर्वाधिक ४ विकेट लिइन्। त्यस्तै आन्नदिता किशोर र मिथिला भीले १-१ विकेट लिए।

९५ रनको विजय लक्ष्य पछ्याएको भारतले ३.१ ओभरमा बिना विकेट क्षति २८ रनमा खेलिरहेका बेला वर्षाले प्रभावित बनाएको थियो। वर्षाका कारण खेल पनि ढिला सुरू भएको थियो।

नेपालले सोमबार पाकिस्तानलाई हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...