मुख्य समाचार
भ्रष्टहरूको मुख हेरेर होइन, काम हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री
भ्रष्टहरूको मुख हेरेर होइन, काम हेरेर कारबाही हुन्छ : प्रधानमन्त्री

: प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा लागेको बताएका छन्। ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउन लागिपरेको बताएका हुन्। उनले भ्रष्टाचारीको मुख हेरेर नभइ अपराध हेरेर कारवाही गरिने बताए।

'देशको अवस्था सुधार गर्नुछ। भ्रष्टाचार नियन्त्रण गर्नुछ। मैले भनेको छु, भ्रष्टहरूको मुख हेरेर होइन, काम हेरेर, अपराध हेरेर कारबाही हुन्छ,'उनले भने।

प्रधानमन्त्री ओलीले उनले व्यवस्थासँगै अवस्था पनि बदलिएको बताए। प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।


व्यवस्था बदलियो,अवस्था बदलिएन भन्ने भ्रम फैलाइएकाप्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठूला उद्योगहरु सञ्चालनमा आएको बताए।

'देशको अवस्था,जनताको अवस्था हिजोकोजस्तो छैन। व्यवस्थासँगै अवस्था पनि बदलिएको छ। हिजो गरिबी ४२ प्रतिशत मुनि थियो। थोरै होटल थिए। तर अहिले आयस्रोत बढेको छ। देशको अवस्था,जनताको अवस्था हिजोको जस्तो छैन।अर्थतन्त्रको आकार बढेको छ। देशको संचिति बढेको छ,'उनले भने,'अवस्थामा परिवर्तन आएन भन्ने होइन। थुप्रै उद्योगधन्दा सञ्चालनमा आएका छन्। थुप्रै मानिसले रोजगारी पाएका छन्। मानिसको सरदर आयु ४२ वर्ष थियो। ४२ बाट ४९ मा आयो। अहिले ७२ वर्ष आएको छ। '

प्रधानमन्त्री ओलीले सरकार जनताप्रति उत्तरदायी भएको दावी गरे। सडक बालबालिकालाई राख्ने र बचाउने मात्रै नभइ उपर्युक्त शिक्षा दिएर सक्षम नागरिक बनाउनेगरी व्यवस्था गरिने उनको भनाइ छ।

उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको बताए । आफू पहिला प्रधानमन्त्री हुँदा ९ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरे।

अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानुन निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरुकताका काम गनुपर्ने बताएका छन् । सांसद निजी काममा सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भइरहेको भन्दै सभामुख घिमिरेले असन्तुष्टि पनि व्यक्त गरहेका हुन् । संसदीय मामिला पत्रकार समाजले प्रकाशित गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तकको सोमबार काठमाडौंमा विमोजचन गर्दै ...
: एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ। गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो। उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीबाट प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरू र ती ...
: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको पाख्रिवास नगरपालिका-८ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीय मिसन ...
— जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नेपालमा दलाल पुँजीवाद संस्थागत भएको बताएका छन् । सिरहाको गोलबजारमा सोमबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । ‘नेपालमा नयाँ किसिमको अर्थव्यवस्था देखिएको छ, त्यो हो दलाल पुँजीवाद,’ उनले भने, ‘यो व्यवस्थामा दलाल बिचौलियाहरू दलाली गरेर बिनालगानी करोडौं अर्बौं कमाइरहेका छन् ।’ मुलुकमा ...
: हाल विद्युत्को उच्च माग छ– करिब १८ सय मेगावाट। तर, उत्पादन भइरहेको छ– करिब १५ सय मेगावाट मात्रै। छिमेकी भारतले पनि साँझको समय (पिक डिमान्ड)मा नेपाललाई विद्युत् नदिने जनाएको छ। त्यसैकारण, उद्योग क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएको विद्युत् प्राधिकरणको भनाइ छ। तर, उद्योगीले भने प्राधिकरणको नियत नै खराब रहेको प्रतिक्रिया दिएका छन्। प्राधिकरणले विद्युत्को ...