मुख्य समाचार
जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ
जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

: जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्।

कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ डाँछी बस्ने ३३ वर्षीय हस्त बहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ सय रुपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको हो।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यस वर्षको मेलामा भक्तजनहरूले चढाएको भेटी गणना गरिएको छ। दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठूलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा साताव्यापी रुपमा लागेको मेलामा भेटी संकलन गरी गणना गरिएको हो। मेलामा देश तथा विदेशबाट सर्वसाधारण मन्दिर पुगी दर्शन गर्दै दुप्चेश्वमा गाइको दूधको साथै भेटी चढाएका थिए। धान्यपूर्णिमाका अवसरमा यस वर्षको मेलामा ...
— नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) को ‘स्टेरिङ कमिटी’ बैठकले दुई पेट्रोलियम पाइप लाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमति गरेको छ । सिलिगुडी–चारआली र अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइन उक्त अवधिभित्र सक्ने गरी काम थाल्ने सहमति भएको हो । मंगलबार काठमाडौंमा सुरु भएको बैठकले प्राविधिक तथ्यांक एकआपसमा आदानप्रदान गरी निर्माणका क्रममा कुनै समस्या आए तत्काल ...
— प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानुन निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरुकताका काम गनुपर्ने बताएका छन् । सांसद निजी काममा सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भइरहेको भन्दै सभामुख घिमिरेले असन्तुष्टि पनि व्यक्त गरहेका हुन् । संसदीय मामिला पत्रकार समाजले प्रकाशित गरेको ‘संसदीय पत्रकारिता : अवधारणा र अभ्यास’ पुस्तकको सोमबार काठमाडौंमा विमोजचन गर्दै ...
: एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ। गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो। उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीबाट प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरू र ती ...
: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको पाख्रिवास नगरपालिका-८ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीय मिसन ...