मुख्य समाचार
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा

— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।




चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको खर्च भएको छ ।


सो अवधिमा प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको सञ्चालन सम्भार खर्च गरेको छ । यस्तै, विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रहेको छ ।

प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ । त्यसका लागि २१ अर्ब नौ करोड १७ लाख बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन । असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसकेपनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ । सो अवधिमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड ८७ बराबरको आम्दानी गरेको छ ।

नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार बराबर खर्च भएको छ । विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो । त्यसका लागि १० अर्ब ८८ करोड ३८ लाख १० हजार बराबरको रकम प्राधिकरण आफैले खर्च गरेको छ । त्यस्ते वैदेशिक भुक्तानीतर्फ छ अर्ब पाँच करोड ५३ लाख १७ करोड बराबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या चालु आर्थिक वर्षको ६ महिनामा एक लाख १९ हजार ५७६ पुगेको छ । निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरका अनुसार यो अवधिमा ७२ हजार ५०८ स्वदेशी, ३९ हजार ७९३ विदेशी र सार्क राष्ट्रका ७ हजार २७५ ले निकुञ्ज घुमेका ...
— कोशी अञ्चल इँटा उद्योग व्यवसायी संघले भारतबाट नेपाल भित्रिने कोइला आयात प्रक्रियामा भइरहेको अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। संघकाअनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा अन्य सप्लायर्सले अमेरिकाबाट उच्चगुणस्तरको कोइला खरिद गरी भारतको हल्दिया पोर्ट (बन्दरगाह) हुँदै नेपाल भित्र्याउने क्रममा बाटोमै कोइला अदलबदल गर्ने, ट्रकको सिल तोडफोड गरी नक्कली (डुप्लिकेट) ...
— खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले ८ हजार ३ सय ३७ क्विन्टल धान खरिद गरेको छ । शाखा प्रमुख पंकजकुमार झाका अनुसार पुस ६ देखि धान खरिद सुरु गरिएकोमा एक महिनाको अवधिमा यति परिमाणमा धान खरिद भएको हो । शाखाले यस वर्षदेखि टोकन प्रणालीबाट किसानको धान खरिद गरिरहेको छ । किसानलाई २ सय ७५ ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको छ । न्यारो बडी जहाजको पूरै किस्ता र वाइड बडीको आंशिक गरी पुस मसान्तमा उक्त रकम बराबर किस्ता तिरेको नेवानिले जनाएको छ । त्यस्तै नेवानिले आफ्नो दीर्घकालीन ...
। नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २९ र ३० पुसमा सम्पन्न बैठकमा ७औं बैठकमा भएका निर्णय तथा सहमति कार्यान्वयन प्रगति समीक्षा गरी आगामी सहकार्यका विषयमा दिशानिर्देश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र प्राविधिक सहकार्य सम्बन्धी विषयमा ...